टिआरसीको कायममुकायम सचिवको जिम्मेवारी निर्मलालाई

काठमाडौं। सत्य निरूपण तथा मेलमिलाप आयोग (रिआरसी )को कायममुकायम (कामु) सचिवको जिम्मेवारी निर्मला अधिकारी भट्टराईलाई दिइएको छ। मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव निर्मलालाई टिआरसीको कायममुकायम सचिवको जिम्मेवारी तोकेको हो।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव उदयराज सापकोटाले अनिवार्य अवकाश पाएपछि टिआरसीका सचिव पाराश्वर ढुंगानाको कानुन मन्त्रालयमा सरूवा गरिएको छ। ढुंगाना कानुन मन्त्रालयमा गएपछि निर्मलालाई टिआरसीमा खटाइएको हो। वरिष्ठ सहसचिव निर्मला उदयको ठाउँमा सचिव हुने भएकी छिन्।
क्याटेगोरी : समाचारट्याग : #निर्मला अधिकारी भट्टराई
तपाईको प्रतिक्रिया दिनुहोस