पहिलो पोस्टिङमै कर्तव्य निर्वाहमा समर्पित प्रहरी इन्स्पेक्टर : मुग्लिङको पहिरोमा बिरामीलाई बोकेर सुरक्षित स्थान पुर्‍याए


मुग्लिङ। पहिलो पोस्टिङमै समाजको सेवामा समर्पित प्रहरी इन्स्पेक्टरको कर्तव्यबोध र मानवीयताको एक प्रेरणादायी तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ। मुग्लिङ नजिकैको पहिरो प्रभावित क्षेत्रमा एक बिरामी वृद्ध महिलालाई काँधमा बोकेर सुरक्षित स्थानतर्फ लगिरहेका प्रहरी इन्स्पेक्टरको सामाजिक संजालमा देखिएको यो दृश्य केवल एउटा समाचारमात्र होइन, नेपालको सुरक्षा निकायप्रतिको जनविश्वास र श्रद्धाको कथाजस्तै लाग्छ।

यो दृश्यमा देखिएका प्रहरी इन्स्पेक्टर हालै मात्र पोस्टिङ पाएका राष्ट्रसेवक हुन्। उनले मुग्लिङ सडकखण्डमा आएको पहिरोका कारण अवरुद्ध बाटो पार गराउन नसक्ने अवस्थामा रहेका यात्रुहरुलाई सहायता गरिरहेका थिए। त्यसमध्ये एक असहाय वृद्ध महिलालाई उनले काँधमा बोकेर बाटो पार गराइदिए। यस्तो कठिन अवस्थामा पनि उनले सेवा, सुरक्षाको भावना र आफ्नो जिम्मेवारीलाई प्राथमिकता दिएका छन्।

नेपाल प्रहरी जहिल्यै नागरिकको सुरक्षामा खटिने संस्था हो। बाढी, पहिरो, आगलागी, दुर्घटना वा महामारीजस्ता जुनसुकै विपद्‌मा प्रहरीको उपस्थिति नागरिकका लागि पहिलो राहत सावित भएको छ। यो दृश्यले प्रहरीको मानवता, कर्तव्यबोध र जनउत्तरदायी चरित्रलाई सजीव रूपमा प्रस्तुत गर्छ।

समाजमा प्रहरीप्रतिको धारणा कहिलेकाहीँ नकारात्मक रूपमा चित्रण भए पनि यस्ता उदाहरणहरूले प्रहरीको असल कामप्रति सम्मान र सराहना गर्न प्रेरित गर्छ।

यस्तो समर्पित सेवाभाव, मानवीयता र निष्ठाको सम्मान गर्नु हामी सबैको दायित्व हो। मुग्लिङको पहिरोमा जीवन र जोखिमको सीमा पार गर्दै एक जना बिरामी आमालाई काँधमा बोक्ने यो दृश्य नेपाली प्रहरीका असंख्य साहसिक र मानवीय सेवाहरूको एक झल्को हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ