वन मन्त्रालयमा १ महिनादेखि प्रशासनको सहसचिव खाली

काठमाडौं। वन तथा वातावरण मन्त्रालयमा एक महिनादेखि प्रशासन महाशाखा हेर्ने सहसचिव खाली भएको छ। प्रशासन महाशाखा प्रमुख रहेका भूपाल बराल सचिवमा बढुवा भएपछि एक महिनादेखि उक्त महाशाखा खाली भएको हो।
जेठ १२ गते सचिवमा बढुवा भएका बराल बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन भए। त्यसपछि वन मन्त्रालयमा रहेको १ मात्र प्रशासनको सहसचिव खाली भएको हो। प्रशासन महाशाखा पनि प्राविधिक सहसचिवले हेर्दै आएका छन्। अझै केही हप्ता वन मन्त्रालयले प्रशासन सेवाको सहसचिव पाउने सम्भावना देखिन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस