विवादित सहसचिव राजेन्द्रदेव पाण्डे: जहाँ गयो त्यहीँ कारबाहीमा


काठमाडौं। सहसचिव राजेन्द्रदेव पाण्डे फेरि विवादमा तानिएका छन्। गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयको सचिवको भूमिकामा रहेका पाण्डेले बजेटमा गडबडी गरेपछि कारबाहीमा परेका हुन्। पाण्डेलाई आफ्नै गाउँमा जथाभावी बजेट हालेको आरोप लगाउँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ।

धादिङको प्रमुख जिल्ला अधिकारी हुँदा राजमार्ग सुरक्षामा कमजोरी गरेको अभियोगमा पाण्डेलाई गृह मन्त्रालय तानिएको थियो। राजमार्गमा गाडी नचलाउन गृह मन्त्रालयले निर्देशन दिँदादिँदै पाण्डेले गाडी कडाइ नगरेपछि गाडी पुरेर धेरै मान्छेको ज्यान गएको थियो। त्यसपछि उनी गृह मन्त्रालय तानिएका थिए। धादिङ कै सिडिओ हुँदा तिब्बतीयनलाई वंशजको नागरिकता दिएको आरोप लाग्यो। धादिङको सिडिओ हुँदा विवादित बनेका पाण्डे गण्डकी प्रदेशको अर्थ सचिव भएर गएका थिए। त्यहाँ पनि उनी विवादरहित बन्न सकेनन्। बजेटमै गोलमाल गरेपछि पाण्डे फेरि कारबाहीमा परेका हुन्।

सिराहाको सिडिओ हुँदा तस्करी नियन्त्रण गर्न नसकेको भनेर पाण्डेलाई गृह मन्त्रालय तानिएको थियो। त्यसपछि सेटिङ मिलाएर उनी धादिङ गएका थिए। धादिङबाट पनि छोटो समयमै मन्त्रालय तानिए।

मकवानपुरका सिडिओ हुँदा सुप्रबल जनसेवाश्रीबाट विभूषित भएका पाण्डे त्यसपछि लगातार कारबाहीमा पर्न थालेका हुन्। जति कारबाहीमा परेपनि उनले फेरि महत्त्वपूर्ण जिम्मेवारी पाइहाल्छन्। जिम्मेवारी लिने र कारबाही पर्नेमा सहसचिव पाण्डे अग्रस्थानमा देखिन्छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ