‘झोले विद्यालय’ देखाएर सरकारी बजेट झ्वाम पार्न एमालेका पूर्वमन्त्री नै संलग्न


काठमाडौं। झोले अभियानमा जोडिएका एमालेबाट प्रदेशमन्त्री बनेका नन्द सिंह बुढा ‘झोले विद्यालय’ देखाएर सरकारी बजेट झ्वाम पार्ने कार्यमा संलग्न भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उक्त रहस्य सार्वजनिक भएको हो।

अख्तियारले जिल्ला प्राविधिक कार्यालय दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियारसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। नक्कली ‘झोलामा विद्यालय’ खडा गरी भवन निर्माणका नाममा आर्थिक वर्ष ०६७/६८ मा ७ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरी बजेट हिनामिना गरेको अख्तियारको आरोप छ। उक्त कार्यका कर्णाली प्रदेशका पूर्वमन्त्री नन्द सिंह बुढा पनि भ्रष्टाचारमा डामिएका छन्।

फर्जी निर्माण समिति खडा गरी भ्रष्टाचार गरेको आरोपमा कर्णाली प्रदेशका पूर्वमन्त्री नन्दसिंह बुढासहित ४ जनालाई अख्तियारले  बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ। बुढा एमालेबाट कर्णाली प्रदेशकाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भइसकेका व्यक्ति हुन्। तत्कालीन उपभोक्ता समितिका अध्यक्ष रहेका जिल्ला बुढासहित प्राविधिक कार्यालय दुनैका तत्कालीन कार्यालय प्रमुख ईन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी र कोषाध्यक्ष संगिता बुढाविरुद्ध १५ वर्षपछि भ्रष्टाचार मुद्दा चलाएको छ। यसले कर्णालीमा हुने गरेको ‘झोले विद्यालय’को बदमासी पर्दाफास भएको छ।

यस्तो छ अख्तियारको प्रेस विज्ञप्ति

 

जिल्ला डोल्पा तत्कालीन दुनै गा.वि.स. २ र ३ का कुनै पनि वडा र बस्तीमा नरहेको विद्यालय दुर्गा प्रा.वि. तिप्लाको नाममा योजना पारेको तर विद्यालय भवन नबनाई रकम अनियमितता गरेको भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला डोल्पा, दुनै गा.वि.स. वडा नं. २ र ३ तिप्लामा दुर्गा प्राथमिक विद्यालयको नामबाट हालसम्म कुनै पनि विद्यालय सञ्चालनमा नरहेको, जिल्ला डोल्पा ठूलीभेरी नगरपालिका वडा नं. ४ साविक दुनै गा.वि.स. वडा नं. २ र ३ मा एउटै मात्र श्री लालिगुँरास आधारभूत विद्यालय रहेको, बिद्यालय निर्माणको लागि आ.ब. २०६७।०६८ मा शान्ति तथा पुननिर्माण मन्त्रालयबाट कुनै पनि रकम नआएको र भवन पनि नबनेको भन्ने व्यहोराको जिल्ला शिक्षा कार्यालय, डोल्पाको पत्रबाट देखिन आएको र जिल्ला डोल्पा ठूलीभेरी नगरपालिका वडा नं. ०४ साविक दुनै गा.वि.स. वडा नं. २ र ३ मा श्री लालिगुँरास आधारभूत विद्यालय मात्रै भएको, दुर्गा प्रा.वि.को नामले हालसम्म कुनै पनि विद्यालय नभएको भन्ने व्यहोराको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्राविधिक टोलीले गरेको स्थलगत मुचुल्का समेतबाट देखिएको हुँदा आ.व. २०६७/०६८ मा जिल्ला डोल्पा साविकको दुनै गा.वि.स. वडा नं. २ र ३ हाल ठूलीभेरी नगरपालिका वडा नं. ४ तिप्लास्थित काल्पनिक विद्यालय दुर्गा प्राथमिक विद्यालय खडा गरी गराई जिल्ला प्राविधिक कार्यालय, दुनै, डोल्पाका तत्कालीन कार्यालय प्रमुख ईन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढासमेतले आपसी मिलेमतो तथा योजनामा जिल्ला डोल्पा, दुनै गा.वि.स. वडा नं. २ र ३ मा विद्यालय नै नभएको दुर्गा प्राथमिक विद्यालयको नाममा २ कोठे भवन निर्माणको लागि रु.७,६०,०००।- रकम विनियोजन गरी काल्पनिक उपभोक्ता समिति गठन गरे गराएको देखाई जिल्ला प्राविधिक कार्यालय डोल्पाका प्रमुख इन्जिनियर रविचन्द्र पजियारको सिफारिसमा उपभोक्ता समितिको नाममा खाता खोली जस्ता छानासहितको २ कोठे भवन निर्माण गरेको भनी झुट्टा तथा नक्कली कागजात तयार गरी गराई चेकमार्फत रु.७,६०,०००।- भुक्तानी दिए लिएको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न प्रतिवादीहरूउपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #कर्णाली प्रदेश, #झोले विद्यालय, #नन्द सिंह बुढा, #पार्टीका झोले

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ