लमजुङ मालपोत प्रमुखले मन्त्रीको जागिर खाए, भक्तपुरका मालपोत प्रमुख अख्तियारको रंगेहातमा परे

काठमाडौं। लमजुङका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीका कारण संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको जागिर गएको छ। अधिकारीलाई कास्की मालपोतमा ल्याउन घूस ‘डिल’ गरेका कारण सामान्य प्रशासनमन्त्री गुप्ता राजीनामा दिए बाध्य भए। सामान्य प्रशासनमन्त्री गुप्ताले राजीनामा दिएको २४ घण्टा नबित्दै २४ लाख ५० हजार रुपैयाँ घूस काण्डमा भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य रंगेहात समातिएका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भक्तपुरका प्रमुख मालपोत अधिकृत आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई २४ लाख घूससहित रंगेहात समातेको हो। प्रमुख मालपोत अधिकृत आचार्य र कार्यालय सहयोगी राउत २४ लाख घूससहित अख्तियारको फेला परेका हुन्।
उदयपुर बेलका नगरपालिका-४ घर भई कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने आचार्य घूससहित अख्तियारको फन्दामा परेका छन्। भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टागरी सो जग्गाको मोहीको नाममा जग्गा धनी प्रमाणपत्र बनाउने प्रयोजनाको लागि २४ लाख ५० हजार रुपैयाँ घूस लिएको अख्तियारले जनाएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस