अध्यागमनका दुबै हाकिम फेरिए: गोविन्दको ठाउँमा रामचन्द्र, विष्णुको ठाउँमा नरहरि

काठमाडौं। अध्यागमनमा दुबैजना हाकिम फेरिएका छन्। अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी रामचन्द्र तिवारीले पाएका छन्। अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाल भने गृह मन्त्रालय सरूवा भएका छन्। त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा नरहरि घिमिरे आएका हुन्।
रामचन्द्रभन्दा वरिष्ठ सहसचिव भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइराला पनि गृहमा सरूवा भएका हुन्। विष्णुका कारण रामचन्द्रलाई अध्यागमनको कमाण्डर बनाउन ढिलाई भइरहेको थियो। विष्णुको ठाउँमा खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई ल्याएर रामचन्द्रलाई अध्यागमन विभागको महानिर्देशक बनाइएको हो। रिजाल ८ महिना बसेर अध्यागमन विभागबाट गृहमा फर्किएका छन्। तिवारी गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखमा ६ महिना बसेर अध्यागमन विभागको कमाण्ड सम्हाल्न पुगेका हुन्। त्यसअघि उनी सुनसरीको सिडिओ थिए।
खोटाङको प्रमुख जिल्ला अधिकारीमा भने गृहको जगेडामा रहेकी कल्पना श्रेष्ठलाई पठाइएको छ। उनी एक महिना अघि मात्र इलामको सिडिओबाट गृहमा तानिएकी थिइन्। पाँचथरको सिडिओबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख बनेर आएको एक महिनापछि गृहमा तानिएका छन्।
प्रमुख अध्यागमन अधिकृतमा सरुवा भएका घिमिरे खोटाङको सिडिओ भएर गएको ४ महिनापछि अध्यागमन आएका छन्। त्यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता थिए। घिमिरे सिडिओबाट प्रमुख अध्यागमन अधिकृत भएर काठमाडौं आएका हुन्। कोइराला भने प्रमुख अध्यागमन अधिकृतबाट डेढ महिनामै गृह मन्त्रालय सरूवा भएका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस