डा. लोचन कार्कीको पहलमा बन्ने भयो भोजपुरको अरूणमा आध्यात्मिक प्रतिष्ठानको बहुउद्देश्यीय भवन


काठमाडौं। वरिष्ठ चिकित्सक एवं समाजसेवी डा. लोचन कार्कीको पहलमा भोजपुरको अरूण गाउँपालिकाका बहुउद्देश्यीय भवन निर्माण हुने भएको छ। भारतीय राजदूतवास मार्फत अरूण आध्यात्मिक प्रतिष्ठानको बहुउद्देश्यीय भवन निर्माण गर्न डा. कार्कीले पहल गरेका थिए। उक्त भवनमा अरूण गाउँपालिकाको समेत लगानी रहेको छ।

अरुण आध्यात्मिक प्रतिष्ठानका महासचिव आचार्य सोमनाथ कोइरालाले ५ करोडको लगानीमा अरूण आध्यात्मिक प्रतिष्ठानको बहुउद्देश्यीय भवन निर्माण हुन लागेको बताए। उक्त निर्माण हुन लागेको विद्यालय भवनको शिलान्यास भएको छ। निर्माण हुने उक्त भवनको अरुण गाउँपालिकाका आदरणीय अध्यक्ष शालिकराम खत्री र भारतीय राजदुतावासका काउन्सिलर अविनासकुमार सिंहले संयुक्त रुपमा शिलान्यास गरेको कोइरालाले जानकारी दिए। उनका अनुसार भारतीय राजदूतावास र अरुण गाउँपालिकाको संयुक्त ५ करोडको लगानीमा भवन निर्माण हुनेछ ।

अरुण गाउँपालिका-३ प्याउली, मऱ्याङडाँडामा उक्त अरूण बहुउद्देश्यीय भवन बन्ने छ। मऱ्याङडाँडामै अरूण गाउँपालिकाको कार्यपालिका भवन समेत बनिरहेको छ। एकपछि अर्को पूर्वाधार बनेर प्याउली बजार मऱ्याङडाँडातिर विस्तार हुने चरणमा देखिन्छ। उक्त बहुउद्देश्यीय भवनले समेत प्याउली बजार र विस्ता रिल र विकसित बनाउन भूमिका खेल्नेछ।

अरूण आध्यात्मिक प्रतिष्ठानको उक्त जग्गा पनि डा. लोचन कार्की कै परिवारले दान दिएको हो। खासगरी डा. लोचनका पिता तोरण कार्की र उनको परिवारले अरूण आध्यात्मिक प्रतिष्ठानका लागि जग्गा दिएर गुरूकुल स्थापनाका लागि महत्त्वपूर्ण योगदान दिएका छन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ