प्रश्नको घेराभित्र भूमिमन्त्री बलराम अधिकारी


काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी एकपछि अर्को विवादमा मुछिएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजीनामा दिएका राजकुमार गुप्ताको अडिओ काण्डले त उनी झनै विवादित बनेका छन्।

मालपोत कार्यालय प्रमुखहरू सरूवामा विवादमा आइरहने भूमि मन्त्रालय कास्की र भक्तपुर मालपोत काण्डमा आइपुग्दा छताछुल्ल भएको छ। गुठी संस्थानको सञ्चालक समितिमा दिपकराज पाण्डे जस्ता विवादित व्यक्तिलाई मनोनित गरेर आलोचित हुँदै आएका मन्त्री अधिकारी भूमि आयोगको नियुक्ति प्रकरणमा विवादित बनेका छन्।

भूमिमन्त्री अधिकारीको रोजाईमा परेका भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यलाई अख्तियअख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे २४ लाख घूस रकमसहित रंगेहात पक्राउ गरेको छ। पोखरा मालपोत प्रमुख फेर्ने पैसाको चलखेल भएको अडिओ सर्वत्र चर्चामा छ। तत्कालीन भूमिमन्त्री रञ्जिताले गुठी संस्थानको अध्यक्ष बनाउन खोजेका विवादित पात्र दिपकराज पाठकलाई सदस्य बनाउनुले अधिकारीको नियतमाथि समेत प्रश्न उठेको हो।

पछिल्ला घटना हेर्दा भूमिमा खुलेआम बदमासी भइरहेको देखिन्छ। भूमिसँग जोडिएको टेप काण्डदेखि रंगेहात काण्डसम्म अख्तियारमा पुगेको छ। विभागीय मन्त्रीको हैसियतले अधिकारीको नैतिक जिम्मेवारी र जवाफदेहिताको खोजी सुरू भएको हो। सदनमा समेत मन्त्री अधिकारीको नैतिकतामाथि आवाज उठ्न थालेको छ। सांसदहरूले उनको राजीनामा समेत माग्न थालेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ