पूर्वप्रहरी अधिकारीले नै स्वर्गद्वारी आश्रमको जग्गा हडपेर घर बनाए, अदालतले आदेश दिँदा पनि छाडेनन्

दाङ। स्वर्गद्वारस्वर्गद्वारी आश्रमको जग्गा हडपेर घर बनाउनेमा पूर्वप्रहरी कर्मचारी नै संलग्न रहेको पाइएको छ। पूर्वप्रहरी हवल्दार सुरेश कुमार श्रेष्ठले स्वर्गद्वारी आश्रमको जग्गा हडपेर घर बनाएको पाइएको हो। पूर्वप्रहरी हवल्दार श्रेष्ठ स्वर्गद्वारी आश्रमको जग्गा हडपेर नामुद भूमाफियामा ‘दर्ज’ भएका छन्।
दाङ जिल्ला अदालतले नै स्वर्गद्वारी आश्रमको जग्गा हडपेर बनाएको संरचना अवैध रहेको ठहर गर्दै हटाउन आदेश दिँदा पनि उनले मानेका छैनन्। दाङको लमही नगरपालिका अर्नहवा साबिक चौलही १ (ग) रहेको कित्ता १२१ को स्वर्गद्वारा आश्रमको जग्गा हडपेर पूर्वप्रहरी हवल्दार श्रेष्ठले पक्की संरचना (घर) बनाएका छन्। उक्त संरचना अवैध रहेको भन्दै दाङ जिल्ला अदालतले ४ वर्ष अगाडि नै हटाउन आदेश दिएको थियो। तर, पवित्र स्वर्गद्वारी आश्रमको जग्गा हडपेर अपवित्र काम गर्ने पूर्वप्रहरी हवल्दारले अझैसम्म उक्त संरचना हटाएका छैनन्। उल्टै पसल सञ्चालन गरेर लाखौं आम्दानी गरिरहेको पाइन्छ। अदालतको आदेश कार्यान्वयन गर्न दाङ प्रशासन पनि असफल देखिएको छ।

२०७५ सालमा तत्कालीन प्रहरी हवल्दार श्रेष्ठले स्वर्गद्वारी आश्रमको जग्गामा पक्की संरचना (घर) बनाउन थालेपछि आश्रमका प्रतिनिधिले रोक लगाएका थिए। तर, उनले शक्तिको बलमा घर बनाउने कार्यलाई निरन्तरता दिएपछि स्वर्गद्वारी आश्रमका प्रमुख (पीठाधीश) भागवतानन्द गिरीले दाङ जिल्ला अदालतमामा उक्त निर्माण कार्य रोक्न तुलसीपुरमा निषेधाज्ञाको रिट दायर गरेका थिए। अदालतले निषेधाज्ञाको आदेश दिँदादिँदै हवल्दार श्रेष्ठले घर बनाउने कार्य रोकेनन्। पीठाधीश गिरी घर निर्माणका लागि बनाइएका पिलरहरू हटाइ जग्गा खाली गराई खिचोला मेटाई चलन चलाई पाउँ भन्ने फिराद लिएर दाङ जिल्ला अदालतमा पनि गए। त्यसको ४ वर्षपछि दाङ जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले अनधिकार घर बनाएको भन्दै भत्काउने र खिचोला मेटाइ चलन चलाईपाउने फैसाला गरिदिएको थियो। अदालतले भत्काउने फैसला गरेको ४ वर्ष भइसक्दा पनि पूर्वप्रहरी कर्मचारी श्रेष्ठले स्वर्गद्वारी आश्रमको जग्गा हडपेर बनाएको घरमा रजाइँ गरिरहेका छन्।
राज्यबाट ‘पेन्सन’ थापेर स्वर्गद्वारी आश्रमका पीठाधीशलाई ‘टेन्सन’ दिने पूर्वप्रहरी हवल्दार श्रेष्ठलाई राज्यले उल्टै संरक्षण गरिरहेका छ। दाङ प्रशासन पनि स्वर्गद्वारी आश्रमको जग्गा हडपेर घर बनाउने पूर्वप्रहरी हवल्दारसामु निरीह देखिन्छ। अदाललको फैसला कार्यान्वयनमा समेत दाङको स्थानीय प्रशासन उदासिन देखिएको पाइन्छ। दाङका रहेका जग्गाहरू स्वर्गद्वारी महाप्रभुले झोलीको पैसाले आश्रमको निजी सम्पत्तिको रुपमा किनेका हुन्। कतिपय जग्गाहरू त ऋण लिएर समेत किनेको पाइन्छ। ती जग्गाहरू अखण्ड महायज्ञ नरोकियोस् र तीर्थयात्रीलाई भोजन गराउन सहज होस् भन्ने उद्देश्यले खरिद गरिएको थियो। उक्त जग्गामा पूर्वप्रहरी हवल्दार श्रेष्ठले सितैमा मोज गरिरहेका छन्।
स्वर्गद्वारी जस्ता आश्रमको जग्गा संरक्षण गर्नुपर्ने दायित्व बोकेका प्रहरी समेत रहेका श्रेष्ठले उल्टै जग्गा हडपेर राज्यलाई चुनौती दिएका छन्। ‘रक्षक नै भक्षक’ भने जस्तै पूर्वप्रहरी हवल्दार श्रेष्ठ स्वर्गद्वारी आश्रमको जग्गा हडपेर घर बनाई पसल थापेका छन्। अन्य व्यक्तिलाई पनि उनले स्वर्गद्वारी आश्रमको जग्गा हडप्न उक्साइरहेका छन्। स्वर्गद्वारी आश्रमको जग्गा हडप्ने पूर्वप्रहरी हवल्दार श्रेष्ठको ‘पेन्सन’ रोकेर भएपनि राज्यले स्वर्गद्वारी आश्रमलाई क्षतिपूर्ति दिलाउनु पर्ने माग उठ्न थालेको छ। स्वर्गद्वारी आश्रमको जग्गा हडपेर पूर्वप्रहरी हवल्दार श्रेष्ठले बनाएको अवैध संरचना हटाउन राज्य संयन्त्रले तत्काल कदम चाल्नुपर्ने देखिन्छ।
ट्याग : #पूर्वप्रहरी हवल्दार, #लमही चैलाही अर्नहवा, #सुरेश कुमार श्रेष्ठ, #स्वर्गद्वारी आश्रम, #स्वर्गद्वारी महाप्रभु, #स्वामी श्री भागवतानन्द गिरी पीठाधीश स्वर्गद्वारी आश्रम
तपाईको प्रतिक्रिया दिनुहोस