अवकाशको मुखमा रहेका प्रशासन सेवाका सहसचिव को कहाँ छन्?


काठमाडौं। प्रशासन सेवाका साढे दुई दर्जन सहसचिवहरू अवकाशको मुखमा रहेका छन्। आर्थिक वर्ष २०८२/८३ मा प्रशासन तर्फका २८ सहसचिव ५८ वर्ष टेकेर अनिवार्य अवकाशमा जान लागेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव (जनसंख्या) ढुन्डिप्रसाद निराैला देखि  राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराई ५८ वर्ष उमेर पुगेर अनिवार्य अवकाशमा जान लागेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या महाशाखा हेर्ने सहसचिव साउन ६ गते (भोलि)बाट अनिवार्य अवकाशमा जाँदैछन्।  कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव (सहसचिव) अर्जुनप्रसाद गौतम साउन १२ गते ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाँदैछन्। निरौलापछि अवकाशमा जाने सूचीमा गौतम नै देखिन्छन्। राष्ट्रपति कार्यालय प्रवक्ता/सहसचिव शैलजा रेग्मी भट्टराई यही महिना अनिवार्य अवकाशमा जाने सूचीमा छिन्। उनी ५८ वर्षे उमेर हदका कारण २४ गते बेलुकादेखि अनिवार्य अवकाशमा जान लागेकी हुन्। शैलजा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बसेकी सहसचिव समेत हुन्।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव (सहसचिव) शंकर नेपाल भदौ टेकेपछि अनिवार्य अवकाशमा जाँदैछन्। ५८ वर्ष लागेर उनी भदौ २ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। नेपाल सूचना तथा प्रशारण विभागको महानिर्देशक भइसकेका सहसचिव हुन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सहसचिव सेवन्तराज दाहाल दाहाल ५८ वर्ष लागेर भदौ ४ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। भदौ १० गते सहसचिव उमाकान्त आचार्य ५८ वर्ष उमेर पुगेर अनिवार्य अवकाशमा जान लागेका छन्। आचार्य अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको कार्यालय प्रमुखको भूमिकामा छन्।

सहसचिव यज्ञराज कोइराला ५८ वर्ष टेकेर असोज ४ गते अनिवार्य अवकाशमा जाने भएका हुन्। कोइराला हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सिडिओ) किरण थापा असोज २७ गते अनिवार्य अवकाशमा जान लागेका छन्। सहसचिव थापा ५८ वर्ष लागेर घर जान लागेका हुन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सहसचिव कविराज पौडेल कार्तिक ७ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। ५८ वर्ष लागेर सहसचिव पौडेल कार्तिकमा सरकारी सेवाबाट बेपत्ता हुने सूचीमा छन्।

भोजपुरको सिडिओबाट तानेर गृह मन्त्रालयको जगेडामा पुगेका सहसचिव नरबहादुर थापा कार्तिक १४ गते अनिवार्य अवकाशमा जान लागेका छन्। ३ महिना जति जागिर भएका सहसचिव थापा ५८ वर्ष लागेर कार्तिकको दोस्रो साता घर जान लागेका हुन्। लोकसेवा आयोग बुटवल कार्यालय, रुपन्देहीमा कार्यरत सहसचिव यज्ञप्रसाद ढुंगेल ५८ वर्ष लागेर कार्तिक १८ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। कार्तिक ३० गते बेलुकाबाट गण्डकी प्रदेश प्रमुखको कार्यालयका सचिव बद्रीनाथ अधिकारी अनिवार्य अवकाशमा जाँदैछन्। सहसचिव अधिकारी ५८ वर्ष लागेर कार्तिक ३० गते घर जान लागेका हुन्।

मंसिरमा मात्र प्रशासन सेवाका आधा दर्जन सहसचिव अनिवार्य अवकाशमा जाँदैछन्। लालबावु कवारी, ज्ञानप्रसाद ढकाल, गोपाल कोईराला, ईन्द्र प्रसाद बस्याल र कुमार प्रसाद दाहाल ५८ वर्ष लागेर अनिवार्य अवकाशका जान लागेका हुन्।

मंसीर ३ गते सहसचिव लालबावु कवारी अनिवार्य अवकाशमा जान लागेका छन्। गृह मन्त्रालयको जगेडामा रहेका सहसचिव कवारी ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जान लागेका हुन्। रक्षा मन्त्रालयका सहसचिव ज्ञानप्रसाद ढकाल ५८ वर्ष लागेर मंसिर ७ गते अनिवार्य अवकाशमा जाँदैछन्। मुद्रण विभागका महानिर्देशक गोपाल कोईराला मंसिर १९ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। सहसचिव कोइराला ५८ वर्ष लागेर अवकाशमा जाँदैछन्।

सहसचिव ईन्द्रप्रसाद बस्याल मंसिर २७ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको सचिवको भूमिकामा रहेका बस्याल ५८ वर्ष लागेर घर जान लागेका हुन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहाल मंसिर २८ गते अनिवार्य अवकाशमा जाँदैछन्। सहसचिव दाहाल ५८ वर्ष टेकेर घर जान लागेका हुन्।

सहसचिव दिलिपकुमार गौतम ५८ वर्ष लागेर माघ ३ गते अनिवार्य अवकाशमा जाँदैछन्। गौतम हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको जिम्मेवारीमा छन्। गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव (सहसचिव) केशवराज ढकाल माघ ९ गते अनिवार्य अवकाशमा जाँदैछन्। सहसचिव ५८ वर्ष लागेर घर जान लागेका हुन्।बैतडीको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल फागुन ४ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। सहसचिव पौडेल ५८ टेकेर घर जान लागेका हुन्।

२०८३ बैशाखमा मात्र सहसचिव शिवराम पोखरेल, थानप्रसाद पंगेनी, दीर्घराज मैनाली, प्रेमप्रसाद भट्टराई र पुष्कर न्यौपाने ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जान लागेका छन्। बैशाख ५ गते ५८ वर्ष लागेर सहसचिव शिवराम पोखरेल अनिवार्य अवकाशमा जान लागेका हुन्। सहसचिव पोखरेल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखको भूमिकामा छन्।

सहसचिव थानप्रसाद पंगेनी बैशाख ११ गते अनिवार्य अवकाशमा जाँदैछन्। अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका पंगेनी ५८ वर्ष लागेर घर जान लागेका हुन्। सहसचिव दीर्घराज मैनाली ५८ वर्ष लागेर बैशाख १३ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। सहसचिव मैनाली हाल राष्ट्रिय सूचना आयोगको सचिवको भूमिकामा कार्यरत छन्। सहसचिव प्रेमप्रसाद भट्टराई बैशाख २४ गते अनिवार्य अवकाशमा जाँदैछन्। ५८ वर्ष लागेर अवकाश हुने सूचीमा रहेका भट्टराई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक हुन्। त्यस्तै बैशाख २६ गते ५८ वर्ष लागेर सहसचिव पुष्कर न्यौपाने अनिवार्य अवकाशमा जाँदैछन्। सहसचिव न्यौपाने राष्ट्रिय किताबखाना (प्रहरी) हेर्ने उपमहानिर्देशक हुन्।

सहसचिव भरत गौतम जेठ ३ गते ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाने सूचीमा छन्। सहसचिव गौतम हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन्। सहसचिव रामुराज कडरिया असार ३ गते अनिवार्य अवकाशमा जानेछन्। ५८ वर्ष लागेर घर जान लागेका सहसचिव कडरिया गोरखाको प्रमुख जिल्ला अधिकारी हुन्। सहसचिव ध्रुव गिरी असार १२ गते ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाँदैछन्। सहसचिव गिरी गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको भूमिका छन्।

चालू आर्थिक वर्षमा अवकाशमा जाने २८ सहसचिवमध्ये १५ जना कोशी प्रदेशका छन्। अन्य सेवाका सहसचिव पनि ठूलो संख्यामा अवकाशमा जाँदैछन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ