पटके अध्यागमन अधिकृतलाई ‘टिआईए’बाट फिर्ता बोलाईयो

काठमाडौं। गृह मन्त्रालयले पटके अध्यागमन अधिकृतहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट फिर्ता बोलाएको छ। गृह मन्त्रालयले ३ दर्जन बढी अध्यागमन अधिकृतहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए) अध्यागमन कार्यालयबाट गृह मन्त्रालय वा अन्तर्गत सरूवा गरेको हो। गृहले टिआईएबाट तानेका अधिकांश अधिकृतहरू दुई वा दुईभन्दा बढी पटक टिआईए बसेर तरमारेका छन्। भिजिट भिसामालाई प्रवर्द्धन गर्न पटकपटक टिआईए पुगेका ती पटके अधिकृतहरू ‘सम्मानजनक बर्हिगमन’ भएका हुन्।
घुम्दै फिर्दै टिआईए पुगेर ‘आर्थिक समृद्धि’ हासिल गरेका पुराना अधिकृतहरूलाई त्यहाँबाट हटाएर नयाँलाई चान्स दिइएको छ। नयाँ अधिकृतहरूले पुरानालाई टिआईएबाट विस्थापित गरिदिएका छन्।
टिआईएबाट विस्थापित हुने पटके अधिकृतहरूमा प्रभा अर्याल, नरबहादुर बुढा, लक्ष्मीकुमारी पन्त, मुना कुँवर, ज्योत्सना भट्ट जोशी, गणेश बिक्रम शाह, दलबहादुर बस्नेत, सन्दिप न्यौपाने, देवी चालिसे, नवराज अवस्थी, मोहनप्रसाद निरौला, गंगा पौडेल, जुना खड्का खत्री, हरिबहादुर पोखरेल, नवराज शर्मा, दिपेन्द्र शाही, दिपक पौडेल, भिम बस्नेत, नरेन्द्रसिंह कुँवर र शिवकुमार राई रहेका छन्।
त्यस्तै टिआईएबाट फिर्ता हुनेमा चन्चल कुमार खड्का क्षेत्री, युवराज कट्टेल, संगिता केसी, प्रियंका ओझा, अम्बिका खत्री, सृजना पौडेल, रेश्मा बुढा क्षेत्री, न्यूटन लम्साल, कुमारी जानकी कार्की, दिपेश विडारी, प्रमोद चन, सुजन शुभ भ्लोन, टिकाराम निरौला, सुन्दर वान्तवा, चिरञ्जीवी जिएम, खगराज गौतम, सरोज खनाल, आनन्द विष्ट, भानुभक्त भट्टलगायत रहेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमनका पटके अधिकृतमाथि निगरानी बढाएपछि गृह मन्त्रालयले उनीहरूलाई हटाएर नयाँ पठाएको हो। यिनीहरूमध्ये कोही ३ पटक त अधिकांश २ पटक अध्यागमन पुगेको ‘रेकर्ड’बाट देखिन्छ। ‘पल्केको तिल्के घरिघरी मिल्के’ झनेझैं घरिघरी भिजिट भिसामा छाप हान्न पुग्ने यस्ता अधिकृतहरूको ‘गरिबी निवारण’ भए/नभएको अख्तियारले एकिन गर्नु जरूरी छ।
क्याटेगोरी : समाचारट्याग : #पटके अध्यागमन अधिकृत
तपाईको प्रतिक्रिया दिनुहोस