स्वर्गद्वारी आश्रमसँग मोहीको अधिकार खोज्ने तर ठेककुत नबुझाएर ‘ठग्ने’हरू


काठमाडौं। स्वर्गद्वारी महाप्रभुले यज्ञको अखण्डतालाई निरन्तरता दिन दाङ जिल्लाका विभिन्न ठाउँमा जग्गा किनेका छन्। उक्त जग्गाको आम्दानीबाट अखण्ड महायज्ञ, गोसेवा, अतिथिसेवालाई निरन्तरता दिने उद्देश्यले जग्गाहरू किनिएको हो। तर, उहिलेसम्म स्वर्गद्वारी आश्रमलाई मोही भन्नेहरूले ठेककुत बुझाएर ठगिरहेको पाइएको छ।

स्वर्गद्वारी आश्रमले पाउनु पर्ने १ लाख ८४ हजार ४ सय ४८ क्विन्टल, ५१ किलो ८०८ ग्राम धान र ४ हजार ७ सय ९३ क्विन्टल, ६३ किलो, ३७३ ग्राम तोरी ठेककुत बक्यौता देखिन्छ। उक्त ठेककुत स्वर्गद्वारी आश्रमलाई नबुझाएर जग्गा खाने दाउमा मात्र लागेको पाइन्छ।

स्वर्गद्वारी आश्रमले टरीगाउँमा (पड्हा)मा रहेको ७२ बिगाहा १२ कठ्ठा बढी जग्गाबाट १७ परिवारले प्रतिवर्ष १५१ क्विन्टल, ३५ किलो ११८ ग्राम धान र २१ क्विन्टल, ५६ किलो, १३५ ग्राम तोरी ठेककुत पाउनु पर्ने हो। तर अहिलेसम्म १६०० क्विन्टल, ९८ किलो ०३७ ग्राम धान र ३२१ क्विन्टल, ७० किलो, ४२७ ग्राम तोरी ठेककुत बक्यौता देखिन्छ।

सौडियार (नैनवार)मा रहेकाे ९७ बिगाहा, १७ कठ्ठा २ धुर जग्गा कमाउने ४९ जनाबाट प्रतिवर्ष ६० क्विन्टल, ९८ किलो २८० ग्राम धान र १२ क्विन्टल, २८ किलो, ४८६ ग्राम तोरी ठेककुत पाउनु पर्ने हो। उक्त जग्गाबाट पनि पाउनुपर्ने ५१० क्विन्टल, ५ किलो ७७६ ग्राम धान र १०० क्विन्टल, ५७ किलो, २१७ ग्राम तोरी ठेककुत बक्यौता रहेको पाइन्छ।

रामपुर, पलासे, काडाखुटी, हर्नोकमा स्वर्गद्वारी आश्रमको जग्गा (१८० बिगाहा, ९ कठ्ठा, ४ धुर) जग्गामध्ये ८७ जनाले कमाएकोमा उक्त जग्गाबाट प्रतिवर्ष २३१ क्विन्टल, १२ किलो १८७ ग्राम धान र १०६ क्विन्टल, ५८ किलो, ९९ ग्राम तोरी ठेककुत पाउनु पर्ने हो। तर, अहिलेसम्म ३०४६ क्विन्टल, ६६ किलो ८४६ ग्राम धान र १७९४ क्विन्टल, २९ किलो, २७८ ग्राम तोरी ठेककुत बक्यौता देखिन्छ।

चैलाही, बनगाउँ, मजगाउँ र अनर्हवामा रहेको स्वर्गद्वारी आश्रमको ४०० बिगाहाभन्दा बढी जग्गामध्ये ८५ जना जग्गा कमाउनेबाट प्रतिवर्ष ८५० क्विन्टल, ४६ किलो ६५० ग्राम धान र १५६ क्विन्टल, ७४ किलो, २५३ ग्राम तोरी ठेककुत पाउनु पर्ने हो। तर, अहिलेसम्म ८८७२ क्विन्टल, ३८ किलो १८९ ग्राम धान र १४७९ क्विन्टल, ९६ किलो, ८४६ ग्राम तोरी ठेककुत बक्यौता देखिन्छ।

 सतवरिया (उच्चानिम्बु)मा रहेको स्वर्गद्वारी आश्रमको ९६ बिगाहा ७ कठ्ठाभन्दा बढी जग्गा मध्ये १७ जनाले कमाएको जग्गाबाट प्रतिवर्ष २५१ क्विन्टल, ५४ किलो ११८ ग्राम धान र ४८ क्विन्टल, २९ किलो, ३३३ ग्राम तोरी ठेककुत पाउनु पर्ने हो। तर, उच्चानिम्बुमै ३३२९ क्विन्टल, ७६ किलो ७२४ ग्राम धान र ७७५ क्विन्टल, ३९ किलो, १६० ग्राम तोरी ठेककुत बक्यौता रहेको पाइन्छ।

घोराहीको ढोडेनी र झिगौरामा स्वर्गद्वारी आश्रमको १९८ बिगाहा भन्दा बढी जग्गा रहेको छ। उक्त जग्गा कमाउने ३४ जनाले प्रतिवर्ष २७० क्विन्टल, ३ किलो ६६८ ग्राम धान र ७२ क्विन्टल, ८९ किलो, ८१५ ग्राम तोरी ठेककुत पाउनु पर्ने हो। तर, १०८८ क्विन्टल, ६६ किलो २३६ ग्राम धान र ३२१ क्विन्टल, ७० किलो, ४२७ ग्राम तोरी ठेककुत बक्यौता देखिन्छ।

द्वन्द्वकालमा आश्रमले मिनाहा गरेको थियो ठेककुत बक्यौता

स्वर्गद्वारी आश्रमले द्वन्द्वकालमा मोहीको अनुरोधमा १२ हजार ५ सय ५२ क्विन्टल, ८१ किलो ५८४ ग्राम धान र ५ हजार १ सय ५६ क्विन्टल, ४५ किलो, ३२६ ग्राम तोरी ठेककुत बक्यौता मिनाहा गरेको देखिन्छ। तर, अहिलेसम्म उनीहरूले ठेककुत बुझ्याएर स्वर्गद्वारी आश्रमलाई दुःख दिइरहेको पाइन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ