ग्लोबल फन्ड अनुभव शून्य: परियोजना निर्देशकमा अनविज्ञहरू शर्टलिस्ट ( कसको अनुभव कस्तो)

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय वा अन्तर्गतका निकायहरूमा Global Fund Grant Cycle 7 (GC7) अन्तर्गतका कार्यक्रम सञ्चालन गर्न मन्त्रालयमा बस्ने गरी परियोजना निर्देशकको पदका लागि एक जनाको छनोट प्रक्रिया अघि बढाइएको छ। तर, यसका लागि सिफारिसमा परेका १७ जनाको नाम शर्टलिस्ट गरिएको छ, जसमा अधिकांशले ग्लोबल फन्डको काम–काजको प्रत्यक्ष अनुभव नभएको देखिएको छ।
अनुभवै नभएका व्यक्तिहरू शर्टलिस्टमा परेको देखिएपछि अन्ततः छानिने व्यक्ति को हुने भन्ने विषयमा चासो बढेको छ। स्वास्थ्य लाइभले यस प्रक्रियालाई गम्भीर रूपमा हेरिरहेको छ र शर्टलिस्टमा परेकाहरूको पृष्ठभूमिबारे थप विस्तृत विवरण आगामी श्रृंखलाहरूमा प्रकाशन गर्नेछ।
Anant Kumar Nepal
अनन्तकुमार नेपाल पिएचडी गरेका व्यक्ति हुन्। उनले विगतमा सेभ द चिल्ड्रेनमा पोषण क्षेत्रमा काम गरेका थिए। हर्ड नामक संस्थामा टिबीसम्बन्धी परियोजनामा संलग्न भएका थिए भने ग्लोबल फन्डको एसआर (Sub Recipient) को रूपमा पनि कार्य अनुभव छ। हाल विश्व स्वास्थ्य संगठन (WHO) मा कार्यरत छन्। उनको पृष्ठभूमि हेर्दा उनी यो पदका लागि उपयुक्त देखिन्छन्।
Anu Bista
अनु विष्टको क्षयरोग, एचआइभी वा मलेरियासँग प्रत्यक्ष अनुभव छैन। तर परिवार स्वास्थ्य (Family Health) जस्ता अन्य स्वास्थ्य क्षेत्रमा अनुभव छ।
Bishnu Prasad Shrestha
बिष्णुप्रसाद श्रेष्ठले झन्डै २५ वर्ष सेभ द चिल्ड्रेनमा काम गरेका छन्। उनी प्रोग्राम म्यानेजमेन्टमा भने सक्रिय थिएनन्। तर, उनले १२ वर्षभन्दा बढी एचआइभी र एनएमई क्षेत्रमा काम गरेकाले ग्लोबल फन्डका कामकाज राम्रोसँग बुझेका व्यक्ति हुन्।
Dr. Kiran Banstola
डा. किरण बास्तोला विगतमा डब्लुएचओको प्रदेशस्तरीय कर्मचारीका रूपमा मधेश प्रदेशमा कार्यरत थिए। ग्लोबल फन्डको बारेमा उनलाई जानकारी छैन।
Ganesh Khatiwada
गणेश खतिवडाको बारेमा विस्तृत जानकारी उपलब्ध छैन। उनी बजारमा चिनिएका व्यक्ति पनि होइनन्। ग्लाेबल फन्डका बारेमा उनलाई जानकारी छैन।
Hari Prasad Bhusal
हरिप्रसाद भुषाल पहिले डब्लुएचओमा कार्यरत थिए। सार्वजनिक स्वास्थ्यमा अनुभव भए पनि ग्लोबल फन्डसम्बन्धी ज्ञान नभएको देखिन्छ।
Jahirul Husen
जाहिरुल हुसेन निक साइमन नेपालका निर्देशक डा. कासिम शाहका भाई हुन्। उनले परिवार स्वास्थ्य क्षेत्रमा काम गरेका भए पनि ग्लोबल फन्डको अनुभव छैन।
Khem Raj Awasthi
खेमराज अवस्थीको ग्लोबल फन्डमा अनुभव छैन। अहिले उनी कुन संस्थामा कार्यरत छन् भन्ने जानकारी छैन।
Madan Prasad Koirala
मदनप्रसाद कोइरालाले सेभ द चिल्ड्रेनमार्फत ग्लोबल फन्डको सहयोगमा रोग नियन्त्रण महाशाखामा मलेरियाको म्यानेजरका रूपमा काम गरेका थिए। टिबी र एचआइभीमा अनुभव नभए पनि मलेरियामा उनी दक्ष छन्।
Narayan Bhatta
नारायण भट्टलाइ ग्लोबल फन्डको प्रणाली र कामकाजबारे जानकारी छैन।
Dr. Neeta Shrestha
डा. निता श्रेष्ठ एफएचआइमा प्रोजेक्ट म्यानेजरका रूपमा काम गर्थिन्। हाल कर्मचारी कटौतीको लहरमा परेकी हुन्। ग्लोबल फन्डमा प्रत्यक्ष अनुभव नभए पनि एचआइभी क्षेत्रमा लामो समय काम गरेकी छन्।
Nijan Upadhyay
निजन उपाध्याय ग्लोबल फन्डबारे जानकारी नभएकाे पात्र हुन्। केही समयअघि उनलाई स्वास्थ्य बीमा बोर्डमा सदस्य नियुक्त गरिएको थियो।
Pratikshya Pandey
प्रतिक्ष्या पाण्डे नेचुरोप्याथी पढेकी हुन् र हालै मनमोहनबाट एमपिएच गरेकी छन्। सीसीएममा प्रपोजल लेख्दा कन्सल्ट्यान्टको रूपमा काम गरेकी थिइन्, तर त्यसबाहेक अनुभव छैन।
Rajendra Basnet
राजेन्द्र बस्नेतले झन्डै १० वर्ष टिबी कार्यक्रमको म्यानेजरका रूपमा सेभ द चिल्ड्रेनमार्फत ग्लोबल फन्ड कार्यक्रम अन्तर्गत काम गरेका थिए। उनी यस पदका लागि उपयुक्त पात्र हुन्।
Rewati Narayan Nepal
रेवती नारायण नेपालको ग्लोबल फन्डमा कुनै अनुभव छैन।
Rojina Sijapati
रोजिना सिजापतीको पनि ग्लोबल फन्डमा प्रत्यक्ष अनुभव छैन।
Yoveen Kumar Yadav
युभिन कुमार यादवको ग्लोबल फन्डमा कुनै अनुभव छैन।
तपाईको प्रतिक्रिया दिनुहोस