पशुपतिमा पूजा गर्दै ‘बिचौलिया’को भूमिकामा काम गरेको पूर्वमन्त्री श्रेष्ठमाथि आरोप

काठमाडौं। पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठमाथि ‘बिचौलिया’को भूमिका खेलेको गम्भीर आरोप लागेको छ। पशुपतिमा पूजा गर्दै बिचौलियाको भूमिकामा काम गरेको उनीमाथि आरोप लागेको हो। पोखराको लिची बगैचाको जग्गा हडप्न ‘बिचौलिया’को भूमिकामा काम गरेको अडिओ सार्वजनिक भएपछि रञ्जितले बुधबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएकी छिन्। दुई घण्टा बढी अख्तियारमा बयान दिएर रञ्जित बाहिरिएको टंगाल स्रोतले बतायो।
रञ्जिता र सुजन लामासँग घूस लेनदेनको कुरा गरेको अडिओ सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिइसकेका छन्। राजकुमारसँगै रञ्जिता र सुजन पनि अख्तियार धाइरहेका छन्। अडिओ र म्यासेजमा समेत रञ्जिताले पशुपतिमा पूजा गर्ने प्रसंग जोडेकी छिन्।
रञ्जिताले ‘पशुपति पूजामा छु, क्यास चाहिएको छ’ भनेर ‘घूस’ मागेको म्यासेज अख्तियारमा समेत पुगेको छ। उनले मन्त्रीज्यू (राजकुमार गुप्ताका) लागि नरिवलको तेल अर्थात् कोड भाषामा (एउटा महँगो ब्रान्डको रक्सी) समेत बिचौलियासँग मगाएको प्रमाण अख्तियारमा पुगेको हो।

पशुपतिका मूल भट्ट गणेश रावलसँग नियमित आशिर्वाद लिन पुग्ने रञ्जिता त्यसपछि जग्गा बिचौलियासँग उठबस गर्ने गरेको पाइन्छ। अख्तियार स्रोतका अनुसार रञ्जिताको भूमाफियासँग राम्रै साँठगाँठ भएको देखिएको छ। पशुपति जस्तो पवित्र धार्मिकस्थलमा पूजाआजा गरेर निस्किएपछि रञ्जिताले अपवित्र काम गरेको पाइन्छ। त्यसैले उनलाई अहिले ‘पाप’ लागेको छ।
रञ्जिताले मन्त्रीबाट बाहिरिएपछि त यो हदसम्मको काम गरेकी छिन् भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री हुँदा के-के बदमासी गरिन् खोजीको विषय बनेको छ। रञ्जिताले गुठी संस्थानमा लान ठिक्क पारेका व्यक्ति दिपकराज पाठकलाई उनीपछिका मन्त्री बलराम अधिकारीले पनि सदस्य बनाएपछि उनीहरूबीच साँठगाँठ रहेको सहजै अनुमान लगाउन सकिन्छ। यो विषयको समेत पटाक्षेप हुन जरूरी देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #गणेश रावल भट्ट, #दिपकराज पाठक, #बलराम अधिकारी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री, #रञ्जिता श्रेष्ठ, #राजकुमार गुप्ता, #सुजन लामा
तपाईको प्रतिक्रिया दिनुहोस