रेशमले पार्टी बैठकमै जवाफ मागे, रञ्जिता कार्यबाहक दिएर ‘लापत्ता’


काठमाडौं। नागरिक उन्मुक्ति पार्टीमा नयाँ-नयाँ ट्वीस्ट जारी छ। पार्टीका संरक्षक रेशम चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)सँग पार्टी बैठकमा आएर जवाफ दिन माग गरे। पोखराको लिचीबारी कमाण्डमा रञ्जिता जोडिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसँग बयान लिएको छ। उक्त विषयमा पार्टी बैठकमा आएर जवाफ दिन समाजिक सञ्जाल मार्फत रेशमले अनुरोध गरे। केन्द्रीय सदस्यहरूले समेत पार्टी बैठक बोलाउन माग गर्दै हस्ताक्षर बुझाए l तर, रञ्जिता पार्टी बैठक नबोलाई शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्ष दिएर ‘लापत्ता’ भएकी छिन्।

रञ्जिताले स्वास्थ्य अवस्था देखाउँदै बाँस्तोलालाई कार्यबहाक दिएकी हुन्। बाँस्तोलालाई अध्यक्षको रुपमा सम्पूर्ण अधिकार र कर्तव्यहरू निर्वाह गर्ने गरी रञ्जिताले कार्यबहाक सुम्पिएकी छिन्। रञ्जिताले पार्टी बैठकमा उपस्थित भएर रेशमले भने जस्तो जवाफ दिने सम्भावना पनि क्षिण बनेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ