सेवानिवृत्त भए मुख्य रजिष्ट्रार ढकाल


काठमाडौं। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाक सेवानिवृत्त भएका छन्। ५८ वर्षे उमेर हदका कारण मुख्य रजिष्ट्रार ढकाल आईतबारबाट अनिवार्य अवकाशमा गएका हुन्।

२०८० पुसमा सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार भएका ढकाल आधा कार्याकाल पनि चलाउन नपाइ घर गएका छन्। मुख्य रजिष्ट्रार लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश भएर गएपछि ढकालले ‘चान्स’ पाएका थिए। तर, उनी न्यायाधीश नभइ मुख्य रजिष्ट्रारबाटै घर जाने भएका हुन्। न्याय परिषद्का सदस्य दामोदर खड्का विदेशमा भएकाले न्याय परिषद्को बैठक बस्ने सम्भावना छैन। त्यसैले मुख्य रजिष्ट्रार ढकाल न्यायाधीश नभइ घर जाने भएका हुन्। न्यायाधीश नभइ सेवानिवृत्त मुख्य पहिलो मुख्य रजिष्ट्रार ढकाल बन्ने भएका छन्।

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार भने विमल पौडेल बन्ने निश्चित जस्तै देखिन्छ। ढकाल मुख्य रजिष्ट्रार र पौडेल रजिष्ट्रार एकैदिन भएका थिए।

न्याय सेवा, न्याय समूहका ३ जना सचिव रहेका छन्। विमल पौडेल, यमबहादुर बुढा मगर र भद्रकाली पोखरेल न्याय समूहका सचिव हुन्। मगर र पोखरेलभन्दा पौडेल करिब ६ महिना अघि रजिष्ट्रार (सचिव)मा बढुवा भएका थिए। त्यसैले पौडेलले मुख्य रजिष्ट्रारमा बाजी मार्ने देखिन्छ। न्याय समूहका सचिव पौडेल र पोखरेल सर्वोच्च अदालतको रजिष्ट्रारको भूमिका छन् भने मगर न्याय परिषद्को सचिव हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ