वर-पिपल काटेको अभियोगमा मानव सेवा फाउन्डेसनका प्रबन्धक गिरीसहित ७ जनाविरुद्ध वन मुद्दा


काठमाडौं। पोखरामा आयोजिक कोटीहोम वर-पिपल काटेको अभियोगमा मानव सेवा फाउन्डेसनका प्रबन्धक विष्णुराज गिरीसहित ७ जनाविरुद्ध वन मुद्दा लागेको छ। डिभिजन वन कार्यालय, कास्कीले गिरीसहित ७ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा वन मुद्दा दायर गरेको हो।

वन मुद्दा लाग्नेमा कोटीहोम आयोजक फाउण्डेसनका प्रबन्धक गिरी, पोखरा महानगरपालिका–१४ स्थित शुभमार्ग टोलका ताराप्रसाद तिवारी र योगमाया बराल, पोखरा–१४ राधाकृष्ण टोलका अर्जुनबहादुर कार्की र रामकृष्ण अधिकारी, पोखरा–१४ स्थित साधना मार्गका ज्ञानेन्द्र सार्की र रमेश पौडेल रहेका छन्। उनीहरू विरुद्ध वन ऐन, ०७६ र वन नियमावली, ०७९ को नियम (६) को प्रक्रिया नपुर्याई गैरकानूनी रुपमा रुख काटेको पुष्टि भएकाले वन ऐन, ०७६ को दफा ४९ (ध) बमोजिम कसुरमा सोही ऐनको दफा ५० को उपदफा (१४) अनुसार सजायको माग गर्दै अदालतमा बिहीबार अभियोग पत्र दर्ता गरिएको हो। उनीहरू बिहीबार नै धरौटीमा रिहा भइसकेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ