प्रशासकीय अदालतको अध्यक्षमा डा. टेकबहादुर घिमिरेलाई नियुक्तिका लागि परामर्श

काठमाडौँ । उच्च अदालतको मुख्य न्यायाधीश सरह सुविधा पाउने प्रशासकीय अदालतको अध्यक्षमा डा. टेकबहादुर घिमिरेलाई नियुक्तिका लागि नेपाल सरकारलाई परामर्श दिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बुधबार बसेको न्याय परिषद् बैठकले घिमिरेलाई प्रशासकीय अदालतको अध्यक्षमा नियुक्त गर्न परामर्श दिएको हो ।
’प्रशासकीय अदालतको अध्यक्ष पदमा प्रशासकीय अदालत ऐन २०७६ को दफा ३ को उपदफा १ को खण्ड क बमोजिम नेपाल न्याय सेवा राज पत्रांकित विशिष्ट श्रेणी(नायब महान्यायाधिवक्ता) पदमा काम गरेका डा.टेकबहादुर घिमिरेलाई नियुक्त गर्न नेपाल सरकारलाई परामर्श प्रदान गर्ने’ न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीले सार्वजनिक गरेको निर्णयमा उल्लेख छ।
डा. घिमिरे गत साउन २ गतेबाट नायब महान्यायाधिवक्ता (विशिष्ट) राजीनामा दिएका थिए। राजीनामा दिएलगत्तै उनलाई प्रशासकीय अदालतको अध्यक्षतामा नियुक्त गर्न खोजिएपनि न्याय परिषद्ले परामर्श नदिँदा ढिलाई भएको थियो। अब भने डा. घिमिरेलाई प्रशासकीय अदालतको अध्यक्ष बन्ने बाटो खुलेको छ। आगामी मन्त्रिपरिषद् बैठकले उनलाई प्रशासकीय अदालतको अध्यक्षमा नियुक्त गर्नेछ।
तपाईको प्रतिक्रिया दिनुहोस