सरकारी वकिल र कानुन समूहबाट २ खत्री बने उच्च अदालतको न्यायाधीश

काठमाडौं। न्याय सेवाका सरकारी वकिल समूह र कानुन समूहका दुई खत्री उच्च अदालतको न्यायाधीश बनेका छन्। सरकारी वकिल समूहबाट शंकर खत्री उच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन्। त्यस्तै कानुन समूहबाट कोमलबहादुर खत्री उच्चको न्यायाधीश बनेका छन्। शंकर उच्च सरकारी वकिल पाटन र कोमल न्याय कानुन तथा संसदीय मामिला मन्त्रालयको सहसचिव पदमा कार्यरत थिए।
न्याय समूहबाट भने न्याय परिषद्का सचिव यज्ञबहादुर बुढा मगर, सर्वोच्च अदालतका सहरजिष्ट्रार अच्युतप्रसाद कुईंकेल न्यायाधीश बनेका हुन्। त्यस्तै उच्च अदालत पोखराका रजिष्ट्रार खड्गराज अधिकारी पनि उच्चको न्यायाधीश बन्न सफल भएका छन्।
जिल्ला न्यायाधीशहरू गोपालप्रसाद बास्तोला, गिरिराज गौतम, युवराज गौतम, तेजनारायण पौडेल, प्रकाश ढुंगाना, दीपककुमार खरेल, शिवबहादुर राना, कमलप्रसाद पोखरेल, दलबहादुर केसी, वासुदेव न्यौपाने, प्रकाशचन्द्र अधिकारी, अदालत केशवप्रसाद अधिकारी, रमेशप्रसाद ज्ञवाली,उद्धवप्रसाद भट्टराई, दीपक खनाल र अवनी मैनाली भट्टराई उच्च अदालतको न्यायाधीश बन्न सफल भएका हुन्।
कानुन व्यवसायीबाट शर्मिला थापा विष्ट (मनमैजु ९, काठमाडौँ), प्रतापसिंह ठकुराठी (महेन्द्रनगर ४, कञ्चनपुर), बालकृष्ण गैरे (शिवमन्दिर ७, नवलपरासी), निशा बानियाँ (लेखनाथ १, कास्की), श्यामकुमार विश्वकर्मा (सभापोखरी-१, संखुवासभा) र अरुणकुमार पञ्जियार (जनकपुर-१५, धनुषा) पनि उच्चमा न्यायाधीश बनेका छन्। उनीहरूलाई न्यायाधीश नियुक्त गरेर पदस्थापन समेत गरिएको छ।
क्याटेगोरी : समाचारट्याग : #कोमलबहादुर खत्री, #शंकर खत्री
तपाईको प्रतिक्रिया दिनुहोस