उपेन्द्र यादवदेखि मधुरमण आचार्यसम्म एउटै मञ्चमा


काठमाडौं। आईतबार काठमाडौं बत्तिसपुतलीस्थित होटल तापसमा पूर्व उप्रधानमन्त्री उपेन्द्र यादवदेखि पूर्व परराष्ट्र सचिव एवं राजदूत मधुरमण आचार्यसम्म एउटै मञ्चमा देखिए। नेपाल भारत विकास मञ्चले उनीहरूलाई एउटै मञ्चमा उभ्याएको हो।

“दक्षिण एशियामा आतंकवादको अवस्था र दीर्घकालीन समाधान” विषायक विचार गोष्ठी कार्यक्रममा उनीहरू एउटै मञ्चमा उभिएर धारणा राखेका हुन्। नेताहरू घण्टौंसम्म भाषणमा रमाए।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री उपेन्द्र यादव, पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत, पूर्व रक्षामन्त्री मिनेन्द्रप्रसाद रिजाल, पूर्व राजदूत मधुरमण आचार्य, द्वन्द्वविद् ईन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कार्यपत्र प्रस्तुत गरेका थिए। संस्थाका अध्यक्ष राम किशोर सिंहले कार्यक्रमको अध्यक्षता गरेका थिए।

दक्षिण एसियामा आतंकवाद रोक्ने विषयमा सहभागीहरूले आ-आफ्नो तर्क प्रस्तुत गरेका थिए। होटलमा छलफल गरेर दक्षिण एसियामा आतंकवाद रोक्ने निष्कर्ष निकाल्ने प्रयास भएको छ। दक्षिण एसियामा आतंकवादी हमला हुँदा के गर्न भनेर छलफल भएको बुझिन्छ। नेपालमा त्यस्तो हमला भए कसो गर्ने भनेर समेत सहभागीहरूले धारणा राख्न भ्याए।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ