राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अपरेशन


दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अपरेशन गरिएको छ। न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक तथा नर्ससहितको टोलीले बुधबार एक जना बिरामीको ब्रेन ट्युमरको शल्यक्रिया सम्पन्न गरेको हो। अस्पतालका अनुसार बिरामीको अवस्था सामान्य छ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले यसै आर्थिक वर्षभित्र न्युरो सर्जरीका लागि आवश्यक सबै उपकरणहरूको व्यवस्था हुने जानकारी दिए। उनका अनुसार सरकारले न्युरो सर्जरी उपकरण खरिदका लागि १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

त्यस्तै, उनले मुटुरोग उपचारका लागि १० करोड रुपैयाँ लागतको क्याथ ल्याब मेसिन खरिद भइसकेको र भदौ महिनाभित्र जडान हुने बताए। साथै, ४ अर्ब ५१ करोड रुपैयाँ लागतको ४ सय शैयाको अस्पताल पनि यसै आर्थिक वर्षमा निर्माण थालिने जानकारी दिए।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ