ललितपुर र भक्तपुरका सिडिओ एकसाथ गृहबाट बाहिरिए 


काठमाडौं। ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) एकसाथ गृह मन्त्रालयबाट बाहिरिएका छन्। ललितपुरका सिडिओ रमेश ढकाल र भक्तपुरका सिडिओ भरतमणि पाण्डे एकसाथ गृहबाट बाहिरिएका हुन्।

ललितपुरका सिडिओ ढकाल गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सरुवा भएका छन्। भक्तपुरका सिडिओ भरतमणि पाण्डे अर्थ मन्त्रालय वा अन्तर्गत सरूवा भएका हुन्। ढकाल गत कार्तिकमा ललितपुरको सिडिओ भएर गएका थिए भने पाण्डे भक्तपुरको सिडिओ भएको डेढ महिना मात्र भएको छ।

गृहको जगेडामा रहेका लालबाबु कवारी पनि गृहबाट बाहिरिएका छन्। कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई निर्वाचन आयोग पुगेका हुन्। बाबुराम गौतम, नमराज घिमिरे, बिनु बज्राचार्य कुँवर, शिवलाल तिवारी र सृजना थपलियाको गृह मन्त्रालयमा सरुवा भएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ