यदुचन्द्र घिमिरे बने कोशी प्रदेशको स्वास्थ्य सचिव


काठमाडौं। यदुचन्द्र घिमिरे कोशी प्रदेशको स्वास्थ्य सचिव बनेर गएका छन्। स्वास्थ्य मन्त्रालयको फाजिलमा रहेका घिमिरेलाई सरकारले कोशी प्रदेशको स्वास्थ्य सचिव बनाएर कामकाजका लागि पठाएको हो। कोशी प्रदेशकी स्वास्थ्य सचिव डा. राधिका थपलियाको भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गत सरूवा भएको छ।

घिमिरे मधेश प्रदेशको समेत स्वास्थ्य सचिव भएर काम गरिसकेका व्यक्ति हुन्।

मधेश प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी भने डा. ओमप्रसाद अर्यालले पाएका छन्। प्युठान अस्पतालका प्रमुख रहेका डा. अर्याललाई मधेश प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी दिएर पठाइएको हो।  मधेश प्रदेशका तत्कालीन स्वास्थ्य सचिव डा. श्रवण मिश्रलाई भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि उक्त प्रदेशमा निमित्त सचिवले स्वास्थ्य मन्त्रालय चलाइरहेका थिए। उक्त ठाउँमा अर्याल सचिव बनेर गएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ