सरूवा भएको दुई महिना भइसक्दा पनि उपसचिव जोशी डोटीको सिडिओमै


काठमाडौं। गृह मन्त्रालयले असार लाग्नेबित्तिकै सहसचिवको दरबन्दीमा रहेका उपसचिव प्रमुख जिल्ला अधिकारी (सिडिओ) हटाएर सहसचिव नै पठाउने निर्णय गरेको थियो। सहसचिवको दरबन्दी रहेको डडेल्धुरामा उपसचिव चोमेन्द्र न्यौपाने, जुम्लामा उपसचिव रामबहादुर शाही, डोटीको उपसचिव मोहनराज जोशी र बैतडीको उपसचिव दिर्घराज उपाध्याय र सल्यानमा सावित्रा पुन प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहेका थिए। उनीहरूलाई हटाएर उक्त जिल्लाहरूमा सहसचिवलाई सिडिओ पठाइएको थियो। तर, सरूवा भएका डोटीका सिडिओ मोहनराज जोशी अहिले पनि सिडिओको भूमिकामै रहेको पाइएको छ।

गृह मन्त्रालयको जगेडामा रहेका सहसचिव बुद्धबहादुर गुरुङलाई डोटीको सिडिओ बनाएर पठाउने निर्णय गरेको थियो। गुरूङ डोटी नगई आदिवासी जनजाति आयोगको सचिवमा हाजिर भइसकेका छन्। गुरूङले मैदान खाली गरेको महिना दिन लाग्दा पनि डोटीमा अर्को सहसचिव नपठाइ जोशीलाई नै सिडिओमा निरन्तरता दिएको खुल्न आएको छ।

२०८१ कार्तिकको डोटीको सिडिओ भएर गएका उपसचिव जोशीले ९ महिनाभन्दा बढी सहसचिवको दरबन्दी रहेको जिल्लाको सिडिओ चलाएका छन्। गृह मन्त्रालयले अन्य उपसचिव सिडिओसँगै जोशीलाई मन्त्रालय तानेपनि अहिले उनी सिडिओ कै भूमिकामा काम गरिरहेको पाइन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #उपसचिव सिडिओ, #मोहनराज जोशी, #सहसचिवको दरबन्दीमा उपसचिव सिडिओ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ