दरबन्दी नै नभएको तथ्याङ्क कार्यालयमा सहसचिव पराजुलीलाई खटाइयो


काठमाडौं। सरकारले दरबन्दी नै नभएको राष्ट्रिय तथ्याङ्क कार्यालयमा सहसचिव छविन्द्र पराजुलीलाई खटाइएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत सहसचिव पराजुलीलाई दरबन्दी नै नभएको राष्ट्रिय तथ्याङ्क कार्यालयमा खटाइएको हो।

सहसचिव पराजुलीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी राखेर राष्ट्रिय तथ्याङ्क कार्यालयमा काज सरूवा गरिएको हो। दरबन्दी नै नभएको ठाउँमा सामान्यको अतिरिक्त समूहबाट सहसचिव खटाइएको छ। उक्त सरूवाले राष्ट्रिय तथ्याङ्क कार्यालयमा तरंग पैदा भएको हो। सरकारले सामान्यको अतिरिक्त समूहबाटै राष्ट्रिय सुरक्षा परिषद्मा पनि सहसचिव काजमा खटाउँदै आएको छ। दरबन्दी नै स्वीकृत नगराई सहसचिव खटाउनु भनेको कर्मचारी प्रशासनभित्र भइरहेको विकृत अभ्यास हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ