विशेष अदालतमा न्यायाधीशको नयाँ टिम, सुदर्शनदेव भट्ट अध्यक्ष

काठमाडौं। भ्रष्टाचारको मुद्दा हेर्ने विशेष अदालतमा न्यायाधीशको नयाँ टिम पठाइएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर गिरीको टिमलाई नै सरूवा गरेर सुदर्शनदेव भट्टको नेतृत्वमा विशेषमा नयाँ टिम पठाइएको हो। शुक्रबार बसेको न्याय परिषद्को बैठकले विशेष अदालतको टिम फेरेको हो।
विशेष अदालतमा भट्टको नेतृत्वमा नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालालाई पठाइएको छ। अध्यक्ष भट्ट गृहमन्त्री रमेश लेखकका नातेदार समेत हुन्।
विशेष अदालतबाट भने अध्यक्ष कुँवरसहित टिम नै सरूवा भएको छ। विशेषमा तेजनारायण राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइराला सदस्य थिए। यिनीहरूमध्ये विदुर कोइराला मात्र विशेषमा राखिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस