जिल्ला अस्पताल सुनसरीमा मेडिकल अधिकृत बन्नका लागि ३७ जना प्रतिस्पर्धामा

काठमाडौं। जिल्ला अस्पताल सुनसरी, इनरूवामा मेडिकल अधिकृत बन्नका लागि ३७ जना प्रतिस्पर्धामा उत्रिएका छन्। ४ जना मेडिकल अधिकृत(आठौं तह)लाई करारमा राख्ने गरी विज्ञापन गरिएको छ। त्यसमा ३७ जनाकाे आवेदन परेकाे हो।करार सेवामा पदपूर्तिका लागि शनिबार परीक्षा सुरू भएकाे छ।
कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयबाट आएको टोलीले परीक्षा लिएको छ। पूर्व नै सेटिङमा नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको हल्लाकाबीच मन्त्रालयले टोली खटाएर परीक्षा लिएको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस