स्वास्थ्य पत्रकारितामा प्रविधि र तथ्यको प्रयोग आवश्यक : सभामुख घिमिरे


काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विधागत पत्रकारितामा स्वास्थ्य पत्रकारिता बढी महत्वपूर्ण रहेको बताएका छन्।

स्वास्थ्य पत्रकार मञ्च नेपालको दशौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्वोधन गर्दै उनले तथ्यमा आधारित जनस्वास्थ्यसँग जोडिएका विषयलाई आम जनताले बुझ्ने भाषामा प्रस्तुत गर्नु चुनौतीपूर्ण भएको बताए ।

सभामुख घिमिरेले भने, “अबको चुनौती एआई लगायतका प्रविधिको दुरुपयोग र भाइरल बनाउने नाममा आउने फेक न्युजलाई रोक्नु हो। यसमा विधागत पत्रकारिता गर्ने व्यक्ति र संस्थाहरु बढी जिम्मेवार हुनुपर्छ। स्वास्थ्य पत्रकार र मञ्च यसमा सचेत हुनुहुन्छ भन्ने मलाई विश्वास छ।” उनले रोग लागेपछि मात्र नभई रोग लाग्नै नदिने विषयमा प्राथमिकता दिएर समाचार लेख्नुपर्नेमा पनि जोड दिए।

राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी विच्छाले स्वास्थ्य पत्रकारिताले देशको स्वास्थ्य सुधारमा ठूलो योगदान पुर्‍याएको भन्दै अझ सक्रिय भएर स्वास्थ्य क्षेत्रमा दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए।

स्वास्थ्य सचिव डा. विकास देवकोटाले स्वास्थ्य पत्रकारलाई ‘तेस्रो अंग’ भन्न सकिने टिप्पणी गर्दै भने, “निरन्तर निगरानी र खबरदारीका कारण स्वास्थ्य क्षेत्रमा सुधार भइरहेको छ। तथ्यमा रहेर काम गर्न शुभकामना छ।”

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ