मन्त्री वीरगञ्ज जाँदै, हैजा अझै नियन्त्रणबाहिर


काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादव र स्वास्थ्य मन्त्री प्रदीप पौडेल आज हैजा प्रभावित वीरगञ्जतर्फ जाँदैछन् ।

समुदायस्तरमै फैलिएको संक्रमण नियन्त्रणमा नआएपछि आइतबार मन्त्रालयमा भएको छलफलपछि उनीहरू प्रभावित क्षेत्र अवलोकन र आवश्यक सहयोगका लागि जाने तयारीमा छन् ।

गत शुक्रबार राति वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्ली टोलमा सुरु भएको हैजा संक्रमण ठूलो संख्यामा स्थानीयमा देखिएको छ । संक्रमितमध्ये धेरैजना नारायणी अस्पतालमा उपचाररत छन् भने अझै समुदायमै नयाँ बिरामी थपिँदै गएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ