न्याय समूहका ८ सहसचिवको सरूवा
पाटनको रजिष्ट्रारमा क्षेत्री, विशेषको रजिष्ट्रारमा उप्रेती

काठमाडौं। सर्वोच्च अदालत प्रशासनले न्याय समूहका ८ सहसचिवको काज सरुवा गरेको छ। उच्च अदालत पाटनको रजिष्ट्रारमा अशोककुमार क्षेत्रीको सरूवा भएका छन्। विशेष अदालतको रजिष्ट्रारबाट न्याय परिषद् पुगेका सहसचिव क्षेत्री उच्च अदालत पाटनको रजिष्ट्रार बन्न सफल भएका हुन्। क्षेत्रीले केही समय अघि मात्र करार कानुनमा पिएचडी गरेका थिए।
विशेष अदालतको रजिष्ट्रारको जिम्मेवारी भने वेदप्रसाद उप्रेती पाएका छन्। सर्वोच्चका सहरजिष्ट्रार उप्रेती विशेषको रजिष्ट्रार भएर गएका छन्। उच्च अदालत पाटनका रजिष्ट्रार श्रीलाल पौडेल सर्वोच्च अदालतको सहरजिष्ट्रारमा सरूवा भएका छन्। उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका रजिष्ट्रार दीपक भण्डारी पनि सर्वोच्च अदालतको सहरजिष्ट्रार भएर आएका हुन्।
उच्च अदालत दिपायलका रजिष्ट्रार तारादत्त बडू जनकपुर अस्थायी इजलास वीरगन्जमाको रजिष्ट्रार भएर गएका छन्। उच्च अदालत पाटन हेटौँडा इजलासका रजिष्ट्रार रामु शर्मा उच्च अदालत पोखराको रजिष्ट्रार भएर गएका हुन्। त्यस्तै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासकी रजिष्ट्रार सपना अधिकारीको उच्च अदालत पाटन हेटौँडा इजलासको रजिष्ट्रारमा सरुवा भएकी छिन्। न्याय सेवा आयोगले उनीहरूको सरूवा अनुमोदन गर्ने गरी सर्वोच्च अदालत प्रशासन काज सरूवा गरेको हो।
तपाईको प्रतिक्रिया दिनुहोस