मन्त्री न्यौपानेको असंवेदनशील सरूवा: दृष्टिविहीन उपसचिव अधिकारीलाई भिमेश्वर नगरपालिका पठाइयो


काठमाडौं। भगवती न्यौपाने नेतृत्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दृष्टिविहीन उपसचिव निरा अधिकारीलाई डाँडा कटाएको छ। मन्त्रालयले पछिल्लो समय गरेको सरूवामा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा कार्यरत दृष्टिविहीन उपसचिव अधिकारीलाई डाँडा कटाएको हो।

सिंहदरबारभित्र फरक क्षमता देखाएर काम गरिरहेकी उपसचिव अधिकारीलाई दोलखाको भिमेश्वर नगरपालिका सरूवा गरिएको छ। एक त महिला मन्त्री त्यसमाथि दृष्टिविहीन कर्मचारीलाई दोलखाको भिमेश्वर लखेटेर न्यौपानेले ‘बहादुरी’ प्रदर्शन गरेकी छिन्। मन्त्री न्यौपाने कति संवेदनशील छिन् भन्ने यो सरूवाले प्रस्ट पार्छ।


दृष्टिविहीन उपसचिव अधिकारीलाई सिंहदरबारबाट लखेटेर डाँडा कटाएपछि मन्त्री न्यौपानेको चर्को आलोचना भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयभित्र मिरा आचार्य, पार्वती शर्मा र निता पोखरेल अर्याललाई सेट गरेर महिलामैत्री टिम देखाउन खोजेकी न्यौपानेले एकजना दृष्टिविहीन कर्मचारीलाई १० औं कोस टाढा पुऱ्याएर आफ्नो असलियत देखाएकी हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #निरा अधिकारी उपसचिव

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ