यी हुन् सुकुम्बासी बनेर काठमाडौंका नदी किनार कब्जा गर्ने हुकुम्बासीहरू

काठमाडौं। काठमाडौंमा सुकुम्बासी बनेर छिरेका हुकुम्बासीहरू काठमाडौं उपत्यका विकास प्राधिकरणको ‘राडार’भित्र परेका छन्। प्राधिकरणले एक्लो प्रयासले मात्र विभिन्न जिल्लामा जग्गा-जमीन रहेका करिब ४ दर्जन व्यक्तिहरू काठमाडौंका नदी किनारमा सुकुम्बासीका रूपमा सरकारी जग्गा कब्जा गरेर बसेको फेला परेको हो। देशका विभिन्न ठाउँमा जग्गा-जमीन र घर भएकाहरू पनि काठमाडौं छिरेर सुकुम्बासी बनेको देखिन्छ। अन्य ठाउँमा प्रशस्त सम्पत्ति भएर पनि काठमाडौंमा सुकुम्बासी बनेकाहरूलाई सुकुम्बासीका रूपमा देखा परेका हुकुम्बासीको संज्ञा दिइँदै आएको छ। त्यो प्रवृत्ति काठमाडौंका सुकुम्बासी बस्तीमा समेत देखा परेको हो।
काठमाडौंको सुकुम्बासी बस्तीमा रहेका सोलुखुम्बु नेचावेतघारीका कर्णबहादुर राई (सन बहादुर राईका छोरा/ गाउध्वज राईका नाति)को समेत उतै जग्गा रहेको छ। तर, उनी काठमाडौंका जल्दाबल्दा सुकुम्बासी हुन्। काभ्रे बुढाखानीका नारायणबहादुर मगर (बाजे पकल बहादुर/ बाबु दल बहादुर)को पनि बुढाखानीमै जग्गा रहेको पाइएको छ। उक्त जग्गा बिक्री गरेर उनी काठमाडौंमा सुकुम्बासी बनेको पाइन्छ।
धादिङ महादेवस्थान-७ का समरसिंह प्रजा (बाबु जस बहादुर/ बाजे जयवीर)को १० रोपनी बढी जग्गा उक्त ठाउँमा रहेको पाइन्छ तर उनी काठमाडौंमा नामुद सुकुम्बासी हुन्। धिमाल-७ मकवानपुरका मिनकुमार राना मगर (बाबु अर्जुन/बाजे भक्तबहादुर)को कुसादेवीमा झन्डै एक रोपनी जग्गा छ। उनी पनि काठमाडौंका सुकुम्बासी हुन्। वाङथली-५ काभ्रेका विष्णु उप्रेती (बाबु नेत्र/बाजे कृष्ण)को वाङथलीमै करिब ४ रोपनी जग्गा देखिन्छ। उमेर, रमेश र विष्णुको नाममा उक्त जग्गा रहेको छ।
काठमाडौंका अर्का सुकुम्बासी विसहरिया-७ सप्तरीका भागवत राम (बाबु रामदेव/बाजे अधिकलाल)को विसहरियामै एक रोपनी बढी जग्गा छ। सप्तरीका हुकुम्बासी भागवत राम काठमाडौंमा आएर सुकुम्बासी बनेका छन्। पर्सा दवाड-४ महोत्तरीका केदार महहो नुनिया (बाबु सिताराम/बाजे सुवा)को नाममा सोनमामा जग्गा रहेको छ। उनी पनि काठमाडौंमा सुकुम्बासीको पहिचान बनाएर बसेका हुन्। माटी-८ दोलखाकी दिलमाया खत्री केसी उक्त ठाउँमा ६ कित्ता जग्गा रहेको छ। उक्त ठाउँमा दशौं रोपनी जग्गा भएकी दिलमाया पनि काठमाडौंकी सुकुम्बासी हुन्। धर्मपुर-७ रौतहटकी कैलासवती देवीको नाममा चन्द्रनिगाहपुरमा जग्गा रहेको छ। उनी पनि काठमाडौंकी सुकुम्बासी बस्तीमा टहरा बनाए बसेकी छिन्।
धनवाङ-४ सल्यानका झगेन्द्र बहादुर बुढा (बाबु मान बहादुर/बाजे गंगाराम)को भक्तपुरको दधिकोटमा ४ आना बढी जग्गा छ। करोडभन्दा बढी मूल्य पर्ने जग्गाका मालिक बुढा पनि काठमाडौंको जल्दोबल्दो सुकुम्बासी हुन्। ललितपुर-१३ की कृष्णा प्यारी तण्डुकारको नाममा काठमाडौंको भिमढुङ्गामा ६ आना बढी जग्गा रहेको छ। उनी पनि सुकुम्बासी बनेकी छिन्। चैनपुर-४ चितवनकी दुर्गा खड्का (पति रत्ममणि सेडाई/बाजे मोहन खड्का) मकवानपुर ज्यामिरेमा ७ आना जग्गा रहेको छ। उनी पनि काठमाडौंकी सुकुम्बासी हुन्।
हल्देकालिकाका-४ नुवाकोटकी सुन्तली राईको नाममा नुवाकोट भैरवीमा जग्गा रहेको छ। बेलकोट-८ नुवाकोट कै बुद्ध तामाङ (बाबु धनबहादुर/बाजे जयबहादुर)को पनि बेलकोटमा जग्गा देखिन्छ। उनीहरू समेत काठमाडौंका सुकुम्बासी हुन्। कमलामाई-२ सिन्धुलीका डम्बरबहादुर बञ्जन (बाबु छेवाड सिं/बाजे धन सिं)को नाममा काठमाडौं बालाजुमा जग्गा देखिन्छ। उनी पनि सुकुम्बासी बनेर बसेका हुकुम्बासी हुन्। काठमाडौं कै सुकुम्बासी चेतमाया श्रेष्ठको चितवन मंगलपुरमा जग्गा रहेको छ। अर्का सुकुम्बासी सूर्यबहादुर सिलवाल (बाबु अम्बर/बाजे मानबहादुर)को पनि ललितपुरको लेलेमा जग्गा रहेको पाइन्छ। काठमाडौंको थापाथलीमा बस्ने सुकुम्बासी सिता पैडेल क्षेत्रीको पनि ललितपुरको लामाटारमा जग्गा देखिन्छ।
घियाल-२ मकवानपुरका चन्द्रबहादुर योञ्जन (बाबु सन्चर सिं/बाजे आहत सिं)को नाममा काठमाडौंको इचंगुनारायण, सिन्धुलीको कपिलकोट र महेन्द्र झ्यादीमा १० कित्ता भन्दा बढी जग्गा रहेको छ। उनी पनि काठमाडौंका सुकुम्बासी हुन्। काठमाडौंका सुकुम्बासी राजु खनालको नाममा मकवानपुर पदमपोखरीमा जग्गा रहेको छ । उनी पनि राज्यबाट सुकुम्बासीको पहिचान लिन सफल भएका छन्। चितवनको रामपुर र काठमाडौंको बालुवामा जमिन जोडेका कैलाश खड्का (बाबु मिठू/बाजे चित्र) पनि सुकुम्बासी बस्तीमा हुकुम्बासी बनेको पाइन्छ। चितवन पञ्चकन्यामा जग्गा रहेकी डाडागाउँ-३ रसुवाकी कान्छी माया गुरूङ पनि काठमाडौंकी सुकुम्बासी हुन्।
थाक्रे- ७ धादिङका माईला तामाङ (बाबु कमान सिं/बाजे बिने)ले थाक्रेमा रहेको जग्गा बेचेर सुकुम्बासीको रूपमा काठमाडौंमा बस्दै आएका छन्। ललिमाया श्रेष्ठको नामा गागल-६ रामेछापमा जग्गा रहेको छ। उनी अहिले काठमाडौंकी सुकुम्बासी हुन्। गणेशस्थान-५ काभ्रेकी मिना कोइराला पाँचखालमा रहेको जग्गा बेचेर सुकुम्बासी बनेर काठमाडौं भित्रिएकी छिन्। पोकसीटार-५ काभ्रेका भिमबहादुर लामा (बाबु रत्न/बाजे जित)को नाममा काभ्रेको बुढाखानीमा जग्गा छ। उनी अहिले काठमाडौंका सुकुम्बासी हुन्।
मातिम-८ खोटाङका टेकबहादुर दर्जी(बाबु मानबहादुर/ भुवन)को नाममा मातिममा झन्डै १५ रोपनी जग्गा रहेको पाइन्छ। उनी पनि अहिले काठमाडौंका सुकुम्बासी हुन्। चित्लाङमा जमिन जोडेका फाखेल-५ मकवानपुरका श्याम परियार (बाबु राम/बाजे सम्सेर) समेत काठमाडौंका सुकुम्बासी हुन्।
पाँचखालमा-३ काभ्रे ठेगाना भएका दिनेशमान श्रेष्ठ(बाबु बद्रिमान/चन्द्रमान)को नाममा धनकुटाको हात्तिखर्क र मकवानपुरको भैसेमा १५/२० रोपनी बढी जग्गा देखिन्छ। घर जग्गा कारोबारी हुन सक्ने अनुमान गरिएका दिनेश पनि काठमाडौंका सुकुम्बासी हुन्।
रामेछापको भालुबजार र ललितपुरको छम्पीमा जग्गा देखिएकी रूपमुनी ढुंगाना सुकुम्बासीको रूपमा काठमाडौंमा बस्दै आएकी छिन्। ढुंगानाले आफ्नो नाममा ललितपुरको नल्नुमा रहेको जग्गा भने बेचिसकेको पाइन्छ। मकवानपुरको । टिस्टुङ र चित्लाङमा जमिन भएकी पवित्रा माया मगर्नी काठमाडौंकी सुकुम्बासी हुन्।
स्याम्बा-४ तनहुँका हिरा थापा (बाबु गोपाल/बाजे रुद्र)को नाममा तनहुँको संजामा जग्गा देखिन्छ। उनी अहिले काठमाडौंमा सुकुम्बासीको हैसियतमा बस्दै आएका छन्। धुस्कुन-२ सिन्धुपाल्चोककी सरस्वती बस्नेतको नाममा तनहुँको संजा र काठमाडौंको बुढानिलकण्ठ विष्णुमा जग्गा देखिन्छ। तनहुँको जग्गा बेचेकी बस्नेत पनि काठमाडौंकी सुकुम्बासी हुन्।चन्द्रनिगाहपुर-४ रौतहट घर भएका दिलबहादुर तामाङ (बाबु सूर्यमान/बाजे रत्न) पनि काठमाडौंमा सुकुम्बासी बनेर बसिरहेका छन्।
कपन-१ काठमाडौं ठेगाना भएकी सिता चालिसेको ललितपुरको टिकाथलीमा जग्गा देखिन्छ। उनी पनि सुकुम्बासी नै बन्न रूचाएको पाइन्छ। मध्य नेपाल नगरपालिका-९ लम्जुङका पदमराज खड्का (बाबु सन्तबहादुर/बाजे बखान)को लम्जुङ कै बांग्रेमा २० औं रोपनी जग्गा छ। उनी पनि काठमाडौंका सुकुम्बासी हुन्। गागल-७ रामेछाप (शतनारायण/ जित) की सुकुमाया श्रेष्ठले चितवनको वीरेन्द्रनगर, काठमाडौंको सतुंगल र इचंकुनारायण, भक्तपुरको दुवाकोटमा रहेको जग्गा बिक्री गरेर सुकुम्बासी बनेकी छिन्।
सिस्नेरी-७ ओखलढुङ्गाका यज्ञबहादुर थापा मगर (बाबु मानबहादुर/बाजे दलबहादुर)को सिस्नेरीमै घर/जग्गा रहेको छ। उनी काठमाडौंमा सुकुम्बासी बनेर बसेका छन्। बुढाखानी ७ काभ्रेका सोनाम सिं मोक्तान (बाबु जमान/बाजे सुकमान)को नाममा बुढाखानीमा जग्गा रहेको छ। उनी अहिले काठमाडौंका सुकुम्बासी हुन्। माझीफेदा-३ काभ्रे कै सजना तामाङ योन्जन पनि काठमाडौंको बुढानिलकण्ठमा रहेको जग्गा बेचेर सुकुम्बासी बनेकी छिन्। सापिङ्ग-४ काभ्रेमा घर-जग्गा राम्रै भएका भिमबहादुर कामी (बाबु खड्क/बाजे जसविर) पनि काठमाडौंमा सुकुम्बासी बनेर बसेका छन्। बुढाखानी-६ काभ्रे कै सन्देश लामा (बाबु छेगु दोर्जे/बाजे छेताक)को नाममा बाराको निजगढमा जग्गा देखिन्छ। उनी अहिले काठमाडौंका सुकुम्बासी हुन्।
घाँसीकुवा-९ तनहुँका भिमसेन बानियाँ (बाबु कृष्ण/बाजे पदम)को नाममा तनहुँको कुर्लुङमा जग्गा र फराकचौरमा घर छ। उनी सत्रसय आवुको जग्गा बेचेर काठमाडौंमा सुकुम्बासी बनेका छन्। काठमाडौंको चुनिखेलमा जग्गा भएका विजय महर्जन (बाबु आश नारायण/बाजे मेहरमान) पनि थापाथलीका सुकुम्बासी हुन्।
यी त सुकुम्बासीका नाममा रहेका हुकुम्बासीका केही उदाहरण मात्र हुन्। काठमाडौंमा बस्ने सुकुम्बासीका तिनपुस्ते खोज्दै जाने हो भने अधिकांशको कतै न कतै जग्गा-जमीन र घर समेत भेटिन्छ। तर, राज्यलाई वास्तविक सुकुम्बासी पहिचान गर्नु नै छैन। सुकुम्बासीका नाममा हुकुम्बासीले राज गरिरहेका छन्। भूमि आयोग पनि त्यस्तै व्यक्तिहरूलाई सरकारी जग्गाको लालपूर्जा वितरण गर्न तम्सिएको पाइन्छ। सुकुम्बासीको फोटोसहित तीनपुस्ते विवरण पत्रिकामा निकालेर दाबी/विरोध गर्न सक्ने कदम चाले धेरैको मखुण्डो उत्रिने निश्चित छ।
क्याटेगोरी : समाचारट्याग : #सुकुम्बासी बस्ती, #सुकुम्बासीका नाममा हुकुमबासी
तपाईको प्रतिक्रिया दिनुहोस