सरकारी जग्गा हडप्ने लोयल्टी एकेडेमीको कम्पाउण्डमा प्राधिकरणको डोजर

काठमाडौं। सरकारी जग्गा हडप्ने लोयल्टी एकेडेमीको कम्पाउण्डमा काठमाडौं उपत्यका विकास प्राधिकरणले डोजर चलाएको हो। शनिबार विजय सम्बाहाम्फेको लोयल्टी एकेडेमीमा प्राधिकरणले डोजर चलाएको हो।
बुढानीलकण्ठ नगरपालिका-९ मा धोबीखोला करिडोर (मण्डिखाटार) मा रहेको उक्त को स्कूल निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालका पूर्व अध्यक्ष सम्बाहाम्फेको हो। उक्त लोयल्टी स्कूलले ५ रोपनीभन्दा बढी सार्वजनिक जग्गा हडपेको छ। प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेत र बोर्ड सचिव (कानून अधिकृत) घनश्याम पौडेलको उपस्थितिमा लोयल्टी एकेडेमीको कम्पाउण्डमा डोजर चलाइएको हो। लोयल्टी स्कूलमा डोजर चलाउने क्रममा उनीहरूमाथि हातपातसमेत भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस