छवि गुमाएका काठमाडौंका सिडिओ छवि रिजाल, फोटो समेत लुकाए


काठमाडौं। ‘जेन-जी’ पुस्तामाथि गोली चलाउन आदेश दिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) छविलाल रिजालको छवि नराम्रोसँग बिग्रिएको छ।

भ्रष्टाचार र सामाजिक सञ्जाल नियन्त्रणविरूद्ध काठमाडौंमा जेन-जी पुस्ताले गरेको प्रदर्शनमा गोली चलाउन आदेश दिने सिडिओ रिजालको छवि गुमेको हो। प्रहरीको गोली लागेर डेढ दर्जन बढी प्रदर्शनकारी मृत्यु र सयौंको संख्यामा घाइते भएपछि जिल्ला प्रशासन कार्यालयको वेबसाइटबाट उनले फोटो नै हटाउन लगाएका छन्। आफ्ना सन्तान विदेशमा पठाएर ‘जेन-जी’ पुस्तामाथि गोली चलाउन आदेश दिएको भन्दै सिडिओ रिजालको चर्को आलोचना भइरहेको छ। उनले आफ्नो फोटो समेत राख्न नसक्ने छवि गुमाएका हुन्।

‘जेन-जी’ पुस्ताले नयाँ बानेश्वरस्थित संसद् भवनमा समेत छिरेर प्रदर्शन गर्न थालेपछि प्रहरीले अन्धाधुन्ध गोली चलाएको थियो। नैतिकता आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएपछि सिडिओ रिजालले फोटो हटाएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ