नेपाली सेनाको अपिल

* सुरक्षा अपडेट*
१. देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङखल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु आफ्नो समुदायमा देखिएमा यथासिघ्र नेपाली सेनाको Hotline ९८६३०२९०२९ को WhatsApp/Viber मा मेसेज पठाई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं ।
२. उक्त स्थानहरुमा अवांक्षित गतिविधिहरुलाई सुरक्षा संयन्त्र पुग्नु अगावै स्थानीय समुदायले एकजुट भई स्थितिको निरन्तर निगरानी (Neighbourhood watch) र खबर आदान प्रदान गरी आफु र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गर्दछौँ ।
३. साथै, केही उछृङखल तत्वहरुले भ्रामक खबरहरु समेत सामाजिक सञ्जालमा राखी स्थितिलाई थप अतिरन्जित र त्रासको वातावरण सिर्जना गर्न खोजेको हुंदा यस्ता क्रियाकलापहरुलाई निस्तेज गर्न आ-आफ्नो क्षेत्रबाट सही खबर मात्र संप्रेषण गरी सहयोग गरिदिनु समेत सूचित गरिन्छ ।
४. नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न अहोरात्र खट्टिरहेको व्यहोरा समेत जानकारी गराउंदछौँ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस