‘जेन-जी’को एउटा समूहले सरकारको नेतृत्वमा कुलमान घिसिङलाई साऱ्यो अघि

काठमाडौं। जेन-जी’को एउटा समूहले सरकारको नेतृत्वमा कुलमान घिसिङलाई अघि सारेको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा विवाद भएपछि घिसिङको नाम अघि सारेको हो।
बालेन शाहले रूची नदेखिएको, हर्क साम्पाङले सबैको नेतृत्व गर्न सक्ने सम्भावना कम भएको, सुशीला कार्की अयोग्य ७० वर्ष उमेर माथिको भएकाले नेपाललाई लोडसेडिङबाट मुक्त गराउने, देशभक्त व्यक्ति, सबैले रूचाएका इन्जिनियर कुलमान घिसिङलाई अन्तरिम सरकारको नेतृत्वमा पठाउने निर्णय भएको जनाएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस