विद्युत प्राधिकरणका एमडी हितेन्द्रदेव शाक्यको घर जलाएर अपशब्द लेखियो


काठमाडौं। ‘जेन-जी’ आन्दोलनका क्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) हितेन्द्रदेव शाक्यको घरमा पनि आगलागी र लुटपाट भएको छ। आगजानी र लुटपाटले मात्र नपुगेर उनको घरको कम्पाउण्ड वालमा अपशब्द लेखेर छाडिएको हो।

कुलमान घिसिङलाई हटाएर शाक्यलाई एमडी बनाएको भन्दै उनको भौतिक सम्पत्ति मात्र हमला गरिएको हो। शाक्यलाई विद्युत प्राधिकरणको एमडी बनाउने तत्कालीन ऊर्जामन्त्री दिपक खड्काको बुढानिलकण्ठस्थित बंगलामा पनि आगजनी गरिएको छ। ‘जेन-जी’ आन्दोलनको मारमा युएन पार्कस्थित शाक्यको घर पनि परेको हो। शाक्यको करोडौंको सम्पत्ति क्षति भएको छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ