भाटभटेनीमा आइसक्रिम लुट्ने शिक्षक जागिरबाट बर्खास्त


काठमाडौं। भाटभटेनी सुपरमार्केट आइसक्रिम लुटेर हिँड्ने शिक्षक जागिरबाट बर्खास्त भएका छन्। बुटवलको कालिका स्कुलमा पढाउने शिक्षक शिवशङ्कर शुक्लाले भाटभटेनी सुपरमार्केटबाट आइसक्रिम लिएर हिँडेको फोटो भिडिओ भाइरल भएपछि विद्यालयले उनलाई हटाएको हो।

 

मिति २०८२ भदौ २४ गते भएको जेन-जीको प्रदर्शनमा यस विद्यालयका शिक्षक शिवशङ्कर शुक्ला सहभागी भइ बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटमा भएको अनियमिततामा समेत संलग्न रहेको देखिएकाले विद्यालयको आचरण संहिता तथा नियमविपरीत कार्य गरेकाे ठहरिएकाले निज शिक्षकलाई आजैको मितिदेखि लागू हुने गरी हटाइएको व्यहोरा जानकारी गराइन्छ।’, प्रधानाध्यापक दिनेश थापाले जारी गरेको सूचनामा उल्लेख छ।

जेन-जी आन्दोलनको मौका छोपेर भाटभटेनी सुपरमार्केट लुट्न पुगेका शुक्लामाथि कालिका मानवज्ञान माध्यमिक विद्यालयले आचरणलाई लिएर जागिरबाट निकालेको हो। यस्तो कार्यले विद्यालयको समेत बेइज्जत हुन थालेपछि विद्यालयले शिक्षकमाथि एक्सन लिएको पाइन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ