पहिलो प्रधानमन्त्री मात्र होइन महान्यायाधिवक्ता पनि महिला नै

सविता भण्डारी बनिन् महिलाबाट पहिलो महान्यायाधिवक्ता


काठमाडौं। नेपालको ईतिहासमा एक हप्ताभित्र दुईवटा ‘रेकर्ड’ बनेको छ। महिलाबाट पहिलो प्रधानमन्त्री बनेकी सुशिला कार्कीले सविता भण्डारी बराललाई महान्यायाधिवक्ताको जिम्मेवारी दिएर अर्को ‘रेकर्ड’ बनाएकी छिन्। वरिष्ठ अधिवक्ता भण्डारीले महिलाबाट पहिलो महान्यायाधिवक्ता बनेर रेकर्ड कायम गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले नेपाल बार एसोसिएशनकी पूर्व कोषाध्यक्ष समेत रहेकी भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गर्न सिफारिस गरेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेसँगै उनले ‘रेकर्ड’ बनाएकी छिन्।

ओली सरकारले नियुक्त गरेका महान्यायाधिवक्ता रमेश बडालले सरकार ढलेसँगै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री कार्कीले भण्डारीलाई महान्यायाधिवक्तामा सिफारिस गरेकी थइन्। प्रधानमन्त्री कार्कीले भण्डारीलाई महान्यायाधिवक्तामा सिफारिस गरेलगत्तै राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन्। कार्कीले आफूलाई सर्वोच्चमा ल्याउन वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको महत्त्वपूर्ण योगदान रहेको बताउँदै आएकी छिन्। उनकै सुपुत्री सवितालाई कार्कीले महान्यायाधिवक्ता बनाएकी हुन्। उनी राम्रै वकिलमा गनिन्छिन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ