४ सदस्यीय कार्की मन्त्रिपरिषद्, स्वास्थ्य मन्त्रालय प्रधानमन्त्रीसँगै


काठमाडौं। सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषद् ४ सदस्यीय बनेको छ। सोमबार ३ मन्त्रीले सपथ लिएसँगै ४ सदस्यीय मन्त्रिपरिषद् बनेको हो।

सोमबार विस्तार भएको मन्त्रिपरिषद्मा अर्थमन्त्रीको जिम्मेवारी रामेश्वर खनालले पाएका छन्। त्यस्तै कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन्। त्यसैगरी गृह, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याल बनेका छन्।

प्रधानमन्त्री कार्कीसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, वन तथा वातावरण मन्त्रालय रहेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ