नयाँ सरकार गठनसँगै आयुक्तहरू राजीनामा दिँदै

काठमाडौं। सुशिला कार्कीको नेतृत्वमा नयाँ सरकार बनेसँगै संवैधानिक आयोगका आयुक्तहरूले भटाभट राजीनामा दिन थालेका छन्। राष्ट्रपति कार्यालयका अनुसार अहिलेसम्म दुई आयुक्तले राजीनामा दिइसकेका छन्। राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष डा. सूर्य ढुंगेल र मधेशी आयोगका सदस्य विजयकुमार गुप्ताले राजीनामा दिएका हुन्।
राष्ट्रिय मानवाधिकार आयोगका सदस्य डा. ढुंगेलले नयाँ सरकार गठन भएसँगै राजीनामा दिएर हिँडेका छन्। उनको फोटो आयोगले वेबसाइटबाट समेत हटाइसकेको छ। मधेशी आयोगका सदस्य गुप्ताले पनि केही दिन अघि राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले दुबै जनाको राजीनामा स्वीकृत गरिसकेका छन्। विभिन्न आयोगका आयुक्तहरू पनि राजीनामा दिने चर्चा चल्न थालेको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस