मन्त्रीहरू तलब होइन दोहोरो सुविधा लिन्न भन

काठमाडौं। सुशिला कार्की नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरूले तलब नलिने भन्ने विषय उहिले चर्चामा छ। अर्थमन्त्री रामेश्वर खनालदेखि ऊर्जामन्त्री कुमलमान घिसिङले उक्त शैली अपनाएका छन्। प्रधानमन्त्री सुशिल कार्कीदेखि खनाल र घिसिङ पेन्सनधारी हुन्। कानुनले नै दोहोरो सुविधा लिनलाई बन्देज लगाएको छ। तर, कतिपयले अहिले पनि दोहोरो सुविधा लिइरहेको पाइन्छ। यस्तो अवस्थामा खनाल र घिसिङले तलब लिन्न भन्नु राम्रो कुरा हो। तर, उनीहरूले तलब लिन्न भनेर प्रचारवाजी गर्नुभन्दा आफूहरूले पेन्सन खाइरहेकाले दोहोर सुविधा लिन्न भन्नुपर्छ।
पूर्व कार्यवाहक महालेखापरीक्षक सुकदेव खत्रीले दोहोर सुविधा लिन्न भन्नु राम्रो कुरा भएको बताए। पेन्सन र तलबमध्ये एउटा सुविधा रोज्नुपर्ने उनको धारणा छ।
तलब र पेन्सनमध्ये पेन्सन रोजेका खनालले एकजना मात्र ड्राइभर र गाडी भने लिन पाउँछन्। त्यो पनि उनले त्यागेका छन्। तर, सुरक्षा भने अहिलेको अवस्थामा लिन उपयुक्त भने सुरक्षा विज्ञहरू बताउँछन्। अर्थमन्त्रीले नयाँ गाडी किनेर फजुल खर्च गर्न दिन्न भनेर सकारात्मक सन्देश प्रवाह गरेका छन्। सरकारी गाडी नपाउने उपसचिव, शाखा अधिकृत र नायब सुब्बाले समेत अहिले गाडी चढिरहेका छन्। उनीहरू पनि गैरकानुनी सुविधा दिने कार्य तत्काल रोक्नुपर्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस