कुलमानले ऊर्जामन्त्रीको पदभार ग्रहण गर्दैगर्दा हितेन्द्रदेव कहाँ थिए?


काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान सिंह ६ महिना नपुग्दै ऊर्जा मन्त्री नै बनेर आएका छन्। तत्कालीन ऊर्जामन्त्री दिपक खड्काले कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा खड्काले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट विस्थापित गरेर हितेन्द्रलाई स्थापित गरेका हुन्।

हितेन्द्रले विस्थापित गरेका कुलमान ऊर्जामन्त्री भएर आएपछि उनको खोजी भएको हो। सोमबार सिंहदरबारमा कुलमानले ऊर्जामन्त्री पदभार ग्रहण गर्दै गर्दा हितेन्द्र देखिएनन्। उनी अहिले कोरिया भ्रमणमा रहेको बुझिएको छ। हितेन्द्र नेपालको प्रसारण लाइन परियोजनाको लागि ऋण सुरक्षित गर्न कोरियाली एक्जिम बैंकका अधिकारीहरूसँग छलफल गर्न कोरिया पुगेका हुन्। नेपाल सरकारबाट भ्रमण स्वीकृत गराएर उनी कोरिया गएको प्राधिकरण स्रोतले बतायो।

कुलमान ऊर्जामन्त्री भएर आएसँगै उनी भ्रमण छोट्याएर नेपाल फर्किने तयारीमा रहेको प्राधिकरणका अधिकारीहरूले बनाए। उनी बिहीबार स्वदेश फर्कने तयारीमा छन्। हितेन्द्रले कुलमानसँग मिलेर काम गर्ने समेत उनीहरूको दाबी छ। कुलमान प्राधिकरणको कार्यकारी निर्देशक हुँदा हितेन्द्रले उनी मातहतमा रहेर काम गरेकाले अहिले पनि कुलमानको ‘अन्डर’मा बसेर काम गर्न कुनै समस्या नहुने प्राधिकरणका अधिकारीहरूको तर्क छ। कुलमान र हितेन्द्र मिलेर प्राधिकरणलाई नयाँ उचाईमा पुऱ्याउने उनीहरूको विश्वास देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ