मन्त्रिपरिषद् विस्तारको तयारी, स्वास्थ्यमन्त्री बन्ने गरी डा. मिश्राको राजीनामा


काठमाडौं। मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको छ। प्रधानमन्त्री सुशील कार्की आईतबार नै मौजुदा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन्। त्यसका लागि उनी आईतबार बिहानैदेखि छलफलमा जुटेकी हुन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी डा. संगीता कौशल मिश्रालाई दिने तयारी भएको छ। मन्त्री बन्नका लागि उनले अतिरिक्त स्वास्थ्य सचिवबाट राजीनामा दिइसकेकी छिन्। उनको राजीनामा आज बस्ने मन्त्रीपरिषद्को बैठकले स्वीकृत गर्नेछ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल, कानुन हेर्ने गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सर्वोच्चका पूर्व न्यायाधीश अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुन, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री मोहना अन्सारी, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता हुन सक्ने सम्भावना रहेको स्रोतले बतायो। अन्य केही नाम थपघट हुन सक्ने स्रोतको भनाइ छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ