अर्थ मन्त्रालयका ३ सहसचिव यताउता 


काठमाडौं। अर्थ मन्त्रालयका ३ सहसचिवको जिम्मेवारी परिवर्तन भएको छ। अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीस्तरीय निर्णयबाट ३ सहसचिवको जिम्मेवारी हेरफेर गरेका हुन्। सहसचिव महेश बराललाई मन्त्रालयको महाशाखाबाट आउट गरेर महेश आचार्यलाई भित्राएका छन्।

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नेतृत्व गरिरहेका आचार्य मन्त्रालय भित्रिएका हुन्। उनलाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको हो। उक्त महाशाखा प्रमुख आचार्य भने मन्त्रालयको पार्किङमा रहेको वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख भएका छन्।

वित्तीय संघीयता महाशाखा प्रमुख रहेका बराल भने पुल्चोकस्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र पुगेका छन्। अर्थ मन्त्रालयमा २/३ वटा महाशाखा ‘मर्ज’ गर्नु पर्ने आवाज उठिरहेको छ। अर्थमन्त्री खनाल मन्त्रालयको महाशाखा घटाउन छाडेर जिम्मेवारी हेरफेरमा केन्द्रित भएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ