सुशिलालाई प्रधानमन्त्री हुन नछेकेको संविधानको धाराले सिन्हालाई रोक्ला?

समाचार टिप्पणी
काठमाडौं। मन्त्री बन्ने सूचीमा रहेका सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हालाई संविधानको धारा बाधक बनाउन खोजिएको छ। सर्वोच्च अदालत कै पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्री बन्न नरोकेको उक्त धाराले सिन्हाको हकमा भने प्रयोग गर्न खोजिएको हो।
संविधानको धारा १३२ को उपधारा २ मा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीश भइसकेका व्यक्तिलाई संविधानमा उल्लेख भएबाहेक कुनै पनि सरकारी पदमा ग्राह्य हुने छैन भन्ने प्रावधान रहेको छ। उक्त धारा सुशिला कार्कीको हकमा पनि लागू हुनुपर्ने हो। तर, मन्त्रीमा प्रस्तावित सिन्हालाई उक्त धारा देखाएर पानी नआउने बनाउन खोजिएको पाइन्छ।
आवश्यकताको सिद्धान्तका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको पूर्व प्रधानमन्त्री सुशिला कार्कीलाई प्रधानमन्त्री बनाएका हुन्। सुशिलालाई धारा १३२ ले छोएन। कम्पनी कानुनका विज्ञ सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाउन धारा १३२ को अड्चन उत्पन्न गराउन खोजिएको हो।
सिन्हाले जेन-जी पुस्ताको भावना अनुसार काम गर्न सक्छन् कि सक्दैनन् त्यो महत्त्वपूर्ण कुरा हो। तर, सुशिलालाई नछेकेको धाराले सिन्हालाई छेक्नु चाहिँ उपयुक्त देखिँदैन। हुन त युवा पुस्ताका व्यक्तिहरूलाई नै मन्त्री बनाउँदा राम्रो हुन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस