किन सरूवा भए तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्य?

काठमाडौं। तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद आचार्यको सरूवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी रामेश्वर खनालले सम्हालेलगत्तै आचार्यको तारकेश्वरबाट सरूवा गरिएको हो। उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ।
तारकेश्वर नगरपालिकामा भने जिल्ला समन्वय समिति डडेलधुरामा कार्यरत जिल्ला समन्वय अधिकारी धर्मराज लम्साललाई पठाइएको छ।
तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यको विषयमा मन्त्री खनालको इमेलमा ‘कम्प्लेन’ आएपछि सरूवा गरिएको चर्चा छ। स्वास्थ्य लाइभले मन्त्रालय स्रोतसँग कुरा गर्दा उनले पहिलादेखि नै सरूवा मागिरहेको र मन्त्री आएपछि मात्र सरूवा गर्ने भनिएकाले खनालले जिम्मेवारी सम्हालेलगत्तै सरूवा गरिएको बतायो।
‘आचार्यले पहिलादेखि नै तारकेश्वरमा काम गर्ने वातावरण भएन सरुवा गरिदिन पऱ्यो भनेर पटकपटक आग्रह गर्दै आएका थिए, उपभोक्ता समितिका नाममा मेयरले जथाभावी भुक्तानी दिन दबाब दिएपछि उनले सरूवा मागेका थिए, ‘मन्त्रालय स्रोतले भन्यो’ ‘तारकेश्वरमा जाने मान्छे पनि फेला परेकाले उनका सरूवा गरिएको हो।’,
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस