अस्पतालहरूमा जेन-जी क्लिनिक सञ्चालन हुने, घाइतेहरूको उपचार प्रभावकारी बनाइने

काठमाडौं। जेन-जी आन्दोलनमा घाइतेहरूलाई लक्षित गरेर अस्पतालहरूले जेन-जी क्लिनिक सञ्चालन गर्ने भएका छन्। गृह मन्त्रालयका अनुसार जेन-जी आन्दोलनमा घाइते भएकाहरूलाई लक्षित गरेर काठमाडौं उपत्यकाभित्र र बाहिरका अस्पतालहरूमा जेन-जी क्लिनिक सञ्चालन गर्ने तयारी भइरहेको छ। उक्त व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने छ। जेन-जी आन्दोलनका घाइते भएका व्यक्तिहरूलाई अस्पपतालमा आवातजावत गर्नका लागि निःशुल्क रूपमा एम्बुलेन्स उपलब्ध गराउने व्यवस्था मिलाउन समेत अस्पताललाई निर्देशक दिइएको छ।
जेन-जी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालय सहायता कक्ष स्थापना गरेर परिचयपत्र वितरण गरिने गृह मन्त्रालयले जनाएको छ। उक्त परिचयपत्र भएका घाइते भएका व्यक्तिहरूलाई पुन: चेकअपका लागि एम्बुलेन्समार्फत निःशुल्क आवातजावतको व्यवस्था मिलाइने भएको हो।
जेन-जी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको उपचारका सम्बन्धमामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हटलाइन १११५ मार्फत सहजीकरणको व्यवस्था मिलाउने भनिएको छ। आन्दोलनमा पाइले भएका व्यक्तिहरूको वर्गीकरणका लागि उपचारमा संलग्न अस्पातालको विषय विज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन गरी सम्बन्धित अस्पतालले कार्य प्रारम्भ गर्ने गृह मन्त्रालयले जनाएको छ।
जेन-जी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको उपचारका लागि गृह मन्त्रालय तदरूकता देखाएको छ। सम्पर्क व्यक्ति समेत तोकेर गृह मन्त्रालय जेन-जी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको उपचारका लागि सक्रिय बनेको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस