कुर्सी मोहमा लिप्त केपी ओली

समाचार टिप्पणी
काठमाडौं। जेन-जी आन्दोलका क्रममा प्रधानमन्त्रीको कुर्सी छाडेर सेनाको हेलिकप्टरमा अज्ञात स्थानतर्फ भागेका केपी शर्मा ओलीलाई अझै कुर्सी मोहले नछाडेको पाइएको छ। बालकोटको घर जेन-जी आन्दोलनका क्रममा आगलागी भएपछि गुण्डुको डेरामा पुगेका ओलीलाई कुर्सी मोहले नछाडेको हो।
नेकपा एमालेको सचिवालयको बैठकमा ओली विशेष किसिमको कुर्सीमा बसेको तस्वीर सार्वजनिक भएको छ। उनी राजा-महाराजा बस्ने जस्तो कुर्सीमा विराजमान भएका छन्।
विलासी जीवनशैली अपनाएका नेताहरू विरुद्ध जेन-जी पुस्ता निकै आक्रोशित देखिन्छन्। पार्टीभित्र नेतृत्व परिवर्तनको माग उठिरहेका बेला सचिवालयको बैठकमा ओली विशेष खालको कुर्सीमा विराजमान भएपछि आलोचना सुरू भएको छ। कुर्सी मोहमा लिप्त ओली अझै सुध्रिने छाँट देखिँदैन। समाजिक सञ्जाल प्रयोगकर्ताले प्रधानमन्त्रीबाट राजीनामा दिएर सेनाको हेलिकप्टरमा भाग्ने बेलामा ओलीलाई विशेष कुर्सीको व्यवस्था थियो कि थिएन भनेर व्यंग्य गर्न थालेका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस